” सरकारले राजदूत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ ” : सांसद साउद

Artharajniti ~  नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए । उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र […]

नेता पौडेलले दबाब यात्रा गर्ने

Artharajniti  ~  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् । उनले रिङरोडको विस्तार कार्य ढिलाइ भइरहेकोले पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत कामले गति नलिएको र बेवास्ता गरिएको भन्दै यही असार १५ गते दबाब यात्रा गर्ने बताएका छन् । काठमाडौँको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा […]

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

Artharajniti  ~ सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउनेछन् । त्यस्तै राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले  ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ । अर्थमन्त्री […]

राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने

Artharajniti  ~   गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन कार्यालयमा बढेपछि यस्तो निर्देशन गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले वक्तव्यमार्फत् उक्त जानकारी दिंदै सेवाग्राहीको भीड बढेको गुनासो आएका कारण जिल्ला तहबाट […]

महामन्त्री थापा : ” नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने “

Artharajniti   ~   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीले नटेरेको हो भने पदबाट हट्नुपर्ने सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गरेको भन्दै बालुवाटारबाट डेरा सर्न सुझाव दिएका हुन् । आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके […]

” संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँ ” : पूर्वप्रधानमन्त्री देउवा

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले संसद्मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताउनुभयो । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा […]

” हामीसँग जादुयी नम्बर छ, सरकारमा पूरै अवधि बसिन्छ ” : प्रधानमन्त्री दाहाल

Artharajniti   ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन्। शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले इतिहास, मुद्दा, आन्दोलन र जादुयी नम्बर (संसदको अंकगणित)का कारण माओवादीलाई हटाउन सम्भव नभएको बताएका हुन्। ‘थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुवाला नम्बर छ। त्यो जादुले अनेक गरेर […]

” अहिलेको भन्दा जनयुद्धकालमा मेरो जीवन सरल थियो ” : प्रधानमन्त्री दाहाल

Artharajniti   ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । आज राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरराद्र्धतिर लागे पनि रात दिन सक्रिय भएको बताए । उनले भने, ‘७० तिरबाट अगाडि लाग्नु भनेको त […]

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका ५ जनालाई थुनामा पठाउने आदेश

Artharajniti  ~  जिल्ला अदालत काठमाडौँले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका ६ जनामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले उक्त अभियोगमा पक्राउ परेकामध्ये एक जना सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य पाँच जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पशुपति क्षेत्र विकास […]

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्धय मल्ल र सुवेदीको इजलासमा

Artharajniti   ~  गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको छ । गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट न्यायाधीशद्धय मल्ल र सुवेदीको इजलासमा पेशी तोकिएको हो। यसअघि असार ४ गते रिट हेर्न नमिल्नेमा राखिएको थियो। सो दिन सुनुवाइका लागि रिटको पेशी न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएको […]