सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय

Artharajniti  ~   नेकपा एमालेले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। बसेरा होटलमा बसेको सचिवालय बैठकले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने निर्णय गरेको हो।सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले बताए। सचिवालय बैठकपछि अहिले संसदीय […]

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन

Artharajniti   ~  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको महिला विभागले विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा महिला विभागले प्रसाईंलाई झुटो मुद्दामा नियन्त्रणमा लिइएको भन्दै मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत असोज ६ […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् । गत असोज चार […]

झरीका कारण काठमाडौँको जनजीवन प्रभावित

Artharajniti  ~   शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको […]

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

Artharajniti  ~  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको  स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएकी थिइन् । ओलीले गएराति महासभालाई सम्बोधन समेत गरेका थिए । सो क्रममा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न […]

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार २ः३० बजे हुने सो पार्टीले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी […]

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार […]

चीन भ्रमणमा रहेका स्वर्णिम वाग्ले : ” सभापतिमाथि षड्यन्त्र हुन लागेकाले फर्किन लाग्यौं “

Artharajniti  ~  चीन भ्रमणमा रहेका रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापतिमाथि षड्यन्त्र हुने लक्षण देखिएकाले आकस्मिक रूपमा फर्किन लागेको बताएका छन्। ‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखियो, त्यसैले तत्काल फर्किन लागेका छौं,’ भ्रमण टोलीको नेतृत्व गरेका उपसभापति वाग्लेलाई उद्धृत गर्दै रास्वपा सचिवालयले भनेको छ। टोली सोमबारै काठमाडौं आइपुग्ने सचिवालयले जनाएको छ। चिनियाँ कम्युनिस्ट […]

काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

Artharajniti   ~  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । शहरी विकास मन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरुलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् । उनले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए […]

सहकारी ठगी पक्ररण : जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

Arharajniti ~  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ। काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका जोशीलाई आज म्याद थप गर्न जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो। जोशी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन्। […]