” सरकार र राजनीति विचौलियाको हातमा छ ” : प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति विचौलियाको हातमा रहेको बताएका छन् । राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको दाबी गरे। अध्यक्ष प्रचण्डले भने,‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन […]

“अपराध गर्ने जोसुकैलाई कानुनको दायराभित्र ल्याइन्छ ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले विशेषलाई उन्मुक्ति दिने, सानो ठुलो भनेर विभेद गर्ने काम नगर्न निर्देशन दिँदै  अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउनुपर्ने बताएका हुन् । शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका […]

देउवा निवासमा कार्यसम्पादन समिति बैठक जारी

Artharajniti  ~  सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्री कार्यसम्पादन समिति बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बसिरहेको हो ।  बैठकमा कार्यसम्पादन समिति सदस्यहरूको उपस्थिति रहेको छ । प्रधानमन्त्रीको चीन भ्रमण पश्चात् बसेको बैठकमा बीआरआई सम्झौता छलफलको विषय छ । यस्तै कोशी प्रदेशमा शेखर कोइराला समूहबाट भएको भेला लगायत पार्टीको समसामयीक विषयमा […]

” देश चलाउनु सहकारी ठगे जस्तो होइन ” : प्रधानमन्त्री ओली

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन्। आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई लक्ष्य गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन्। ‘देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो […]

आगामी चुनाव एक्लै लड्‌ने माओवादी केन्द्रको निर्णय

Atharajniti  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले २०८४ मा हुने चुनाव एक्लै लड्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास बालुवाटरमा बसेको पदाधिकारी बैठकले एक्लै चुनाव लड्ने र त्यसको तयारीमा जुट्ने निर्णय गरेको हो । स्थानीय तहको चुनावको परिणामले उत्साहित माओवादी केन्द्रले आगामी चुनाव पनि एक्लै लड्ने निर्णय […]

” विद्यार्थी बिदेसिने समस्या डरलाग्दो छ ” : सभापति देउवा

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने […]

नयाँ शक्तिले विकल्प दिन नसक्दा राज्यसत्तामा पुरानै शक्तिको दबदबा

Artharajniti  ~ मंसिर १६ गते स्थानीय तहका रिक्त विभिन्न पदका लागि भएको उपनिर्वाचनमा परम्परागत शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै दबदबा रह्यो । आफूलाई वैकल्पिक शक्तिको रूपमा उभ्याएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनमत पार्टी (जपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायतका दलहरूले जमानतसमेत जोगाउन सकेनन् । स्थानीय तह […]

विद्युत् प्राधिकरणमा मन्त्रीको कार्यकक्ष

Artharajniti  ~  नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको छ । मन्त्री खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएसँगै कर्मचारीहरू फूलका बुकेहहरु लिएर उनलाई स्वागतका लागि तम्तयार भएर बसेका थिए। मन्त्री आउनअघि नै कार्यकक्ष पनि सजाइएको थियो । मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि तयार बनाइएको छ । […]

चितवनमा रवि लामिछानेसँग आज पनि बयान लिइने

Artarajniti  ~  सहारा चितवन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार पनि बयान लिइँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि सुरू बयान सुरू भएको थियो। मंगलबार बयान नसक्किएपछि बुधबार पनि उनीसँग बयान लिइन लागिएको हो। लामिछानेलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन लगिएको थियो। सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आसन्न चीन भ्रमणको संघारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ परियोजना (बीआरआई) […]