नयाँ शक्तिले विकल्प दिन नसक्दा राज्यसत्तामा पुरानै शक्तिको दबदबा

Artharajniti  ~ मंसिर १६ गते स्थानीय तहका रिक्त विभिन्न पदका लागि भएको उपनिर्वाचनमा परम्परागत शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै दबदबा रह्यो । आफूलाई वैकल्पिक शक्तिको रूपमा उभ्याएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनमत पार्टी (जपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायतका दलहरूले जमानतसमेत जोगाउन सकेनन् । स्थानीय तह […]

विद्युत् प्राधिकरणमा मन्त्रीको कार्यकक्ष

Artharajniti  ~  नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको छ । मन्त्री खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएसँगै कर्मचारीहरू फूलका बुकेहहरु लिएर उनलाई स्वागतका लागि तम्तयार भएर बसेका थिए। मन्त्री आउनअघि नै कार्यकक्ष पनि सजाइएको थियो । मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि तयार बनाइएको छ । […]

चितवनमा रवि लामिछानेसँग आज पनि बयान लिइने

Artarajniti  ~  सहारा चितवन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार पनि बयान लिइँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि सुरू बयान सुरू भएको थियो। मंगलबार बयान नसक्किएपछि बुधबार पनि उनीसँग बयान लिइन लागिएको हो। लामिछानेलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन लगिएको थियो। सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आसन्न चीन भ्रमणको संघारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ परियोजना (बीआरआई) […]

सरकारी वकिल कार्यालयमा रवि लामिछानेको बयान जारी

Artharajniti   ~   सरकारी वकिल कार्यालय काठमाडौंमा राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सभापति रवि लामिछानेको बयान जारी छ। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा आइतबार बिहान साढे १० बजेदेखि उनको बयान सुरू भएको हो। उनको बयान आइतबार सकाउने प्रहरी र सरकारी वकिलको तयारी छ। उनको बयान सकेसँगै जिल्ला प्रहरी कार्यालय कास्कीमै पठाउने प्रहरीको तयारी छ। यसअघि सरकारी वकिल […]

स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु

Artharajniti   ~   स्थानीय तह उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।  रिक्त विभिन्न ४१ पदका लागि बिहान ७ः०० देखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ५ः०० बजेसम्म जारी रहनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो । निर्वाचन हुने वडामा मतदाता नामावलीमा […]

प्रधानमन्त्री अ‍ोलीको चीन भ्रमण

Artharajniti  ~  परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्ने जानकारी गराएको हो । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा त्यहाँ जान लागेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता गर्ने जनाइएको छ । […]

लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु

Artharajniti  ~  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ ।  बिहीबार पोखराबाट काठमाडौँ ल्याएका लामिछानेको शुक्रवार बिहानबाट बयान सुरु भएको हो । सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा लामिछाने पत्नी निकिता पौडेल पनि सरकारी वकिलको कार्यालय परिसरमा पुगेकी छन् । कात्तिक २ गते पक्राउपछि जिल्ला […]

” बीआरआईबारे एमाले र कांग्रेसबीच कुनै विवाद छैन ” : परराष्ट्रमन्त्री राणा

Artharajniti  ~   परराष्ट्रमन्त्री डा.आरजु राणाले बीआरआईबारे एमाले र कांग्रेसबीच कुनै विवाद नरहेको स्पष्ट पारेकी छन्। चीन उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन्। उनले चीन र नेपालबीचको आपसी समझदारीमा बीआरआई कार्यान्वयन हुने बताइन्। परराष्ट्रमन्त्री राणाले भनिन्, ‘बीआरआई कार्यान्वयनबारे बाहिर आएजस्तो दलहरूबीच कुनै विवाद छैन।’ प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने […]

प्रधानमन्त्री ओली : ” लक्ष्यअनुसार काम नगर्नेले ठाउँ ओगट्न हुँदैन “

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई लक्ष्यअनुसार काम गर्न आग्रह गरेका छन्। घोषित लक्ष्य हासिल हुने गरी मन्त्रीहरूले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार सबै मन्त्रालयका त्रैमासिक कामप्रति असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले लक्ष्यअनुसार काम नगर्ने मन्त्रीले ठाउँ ओगटेर बसिराख्न नहुने पनि बताएका हुन्। कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्री ओलीले […]