चीन भ्रमणमा रहेका स्वर्णिम वाग्ले : ” सभापतिमाथि षड्यन्त्र हुन लागेकाले फर्किन लाग्यौं “

Artharajniti  ~  चीन भ्रमणमा रहेका रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापतिमाथि षड्यन्त्र हुने लक्षण देखिएकाले आकस्मिक रूपमा फर्किन लागेको बताएका छन्। ‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखियो, त्यसैले तत्काल फर्किन लागेका छौं,’ भ्रमण टोलीको नेतृत्व गरेका उपसभापति वाग्लेलाई उद्धृत गर्दै रास्वपा सचिवालयले भनेको छ। टोली सोमबारै काठमाडौं आइपुग्ने सचिवालयले जनाएको छ। चिनियाँ कम्युनिस्ट […]

काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

Artharajniti   ~  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । शहरी विकास मन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरुलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् । उनले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए […]

सहकारी ठगी पक्ररण : जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

Arharajniti ~  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ। काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका जोशीलाई आज म्याद थप गर्न जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो। जोशी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन्। […]

” कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ ” : प्रधानमन्त्री ओली

Atharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री ओलीले शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य […]

” नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढ्यो ” : अध्यक्ष प्रचण्ड

Artharajniti   ~  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभामा अध्यक्ष प्रचण्डले समग्र विश्व परिस्थिति असाधारण, असामान्य ढंगले बढेको र नेपालमा पनि शक्ति राष्ट्रहरूको चलखेल बढेको बताएका हुन्। विश्वमा बढेको शीतयुद्धको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरूले औंल्याएको पनि अध्यक्ष प्रचण्डको […]

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : राष्ट्रिय शिक्षा दिवस, २०८१

Artharajniti   ~   प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्ने बताएका छन्। ‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित […]

” रविको सांसद पद जाने र तेस्रोपल्ट चितवनमा चुनाव हुने ” : गोकुल बाँस्कोटा

Artharajniti  ~   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा संसदीय छानबिन विशेष समितिबाट आफूले सफाइ पाएको दाबी गरिरहेका छन् । पूर्वमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले लामिछानेको सांसद पद दोस्रोपल्ट जाने र चितवनमा पुनः चुनाव हुने दाबी गरेका छन् । बुधबार बिहान ट्विट गर्दैै बाँस्कोटाले सूर्य थापाको सभापतित्वमा गठित संसदीय समितिको प्रतिवेदनमा […]

“सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैन ” : अध्यक्ष प्रचण्ड

artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन् । माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए । “नेकपा माओवादी केन्द्र अब जनतासँग […]

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

Arthaajniti  ~  संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो बस्दैछ। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउनेछन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जाँदैछन्। यद्यपि माओवादी केन्द्रले सदनको अवरोध जारी राख्ने निर्णय गरेको […]

कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, नयाँ मन्त्रीद्वारा शपथ ग्रहण

Artharajniti  ~  नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री […]