पोखराको वायु प्रदूषण `रेड जोन´मा : उडान ठप्प, जनजीवन प्रभावित

Artharajniti  ~   दैनिक ३२ उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एउटा पनि उडान भएन । आइतबार मुस्किलले आधाआधी उडान भयो । यसबाहेक सामान्य समयमा पुरानो विमानस्थलमा १० वटा नियमित उडान हुन्छ भने दर्जनौँ पटक हेलिकोप्टर उडान हुन्छ । मंगलबारको सेड्युल पनि ठप्प छ । छेन्दुबाट पोखरामा हुने सिचुआन एयरलाइन्सको चार्टर उडान बुधबारका लागि सरेको छ […]

माधव नेपाल : “राजतन्त्रको औचित्य छैन “

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताए । “औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ”, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्दै उनले […]

” युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा ” : गगन थापा

Artharajniti  ~   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा रहेको बताएका छन् । तरुण दल तनहुँद्वारा प्रकाशन गरिएको ‘तरुण यात्रा’ पुस्तक विमोचन गर्दै सोमबार उनले भने, “देशमा प्रत्येक वर्ष पाँच लाख रोजगारी सृजना गर्नुपर्ने देखिन्छ, तर हामीले ५० हजार रोजगारी सृजना गर्न सकेका छैनौँ । अबको पाँच वर्ष यस्तै रहने हो […]

राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

Artharajniti  ~   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्थापनाको माग गर्दै आज काठमाडौंको बल्खुमा वृहत् प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा कार्यसमितिको वैठकले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने निर्णय गर्दै आन्दोलनमा हुने घुसपैठप्रति सतर्क रहन आग्रह समेत गरेको छ । उक्त बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले हिंसा र अराजकतामा आफ्नो भविष्य नदेखेको […]

” बक्यौता उठाएकैले मलाई पदबाट हटाइयो ” : कुलमान घिसिङ

Artharajniti  ~  नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको प्रस्टीकरण दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको बताएका हुन् । उनले आफूले बक्यौता नउठाउन आएका दबाब र प्रभावलाई आफूले अस्वीकार […]

काठमाडौं उपत्यकामा आज बिहान पनि प्रदूषण उच्च

Artharajniti  ~  काठमाडौं उपत्यकामा प्रदुषण शुक्रबार बिहान पनि उच्च रहेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदुषण बढेर काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा शिर्ष स्थानमा रहेको छ । ‘एयर क्वालिटि इन्डेक्स’ को शुक्रबार बिहान साढे ५ बजेको लाइभ रिपोर्ट अनुसार […]

“बालेनसँग राज्य नै द्वन्द्वमा उत्रिन सुहाउँदैन ” : डा. भण्डारी

Artharajniti  ~  नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग राज्य नै द्वन्द्वमा उत्रिन नसुहाउने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’काठमाडौँ महानगर प्रमुखसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन र राज्यको कर्तव्य पनि होइन। राज्यको आफ्नो गरिमा अभिभावकीय भूमिका निभाउनुमा हुन्छ !’ भण्डारीले  राज्य प्रतिशोधमा लाग्न नहुनेमा […]

“तीनकुने घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउँछौं ” : रक्षामन्त्री राई

Artharajniti  ~  रक्षामन्त्री मानवीर राईले तीनकुने घटनाका दोषीहरुलाई कानूनी कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री राईले तीनकुने घटनामा देशकै बेइज्जत हुनेगरी सुपरमार्केट, मिडिया तथा व्यवसायमाथि आक्रमण भएकोप्रति दुःख प्रकट गर्नुभयो। उद्योग व्यवसायीहरुको सुरक्षाका लागि सरकार लागि पर्ने उहाँको भनाइ छ । मन्त्री राईले उद्योग व्यवसायीले विगतमा भएका कठिन […]

आन्दोलन गर्न देशभरिका शिक्षकहरू काठमाडौंमा

Artharajniti  ~  शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीका अनुसार आजको र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् । आज डेढ लाख शिक्षक उतार्ने योजना बनाएको समितिले भोली […]

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

Artharajniti  ~  नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा […]