” निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ” : गृहमन्त्री अर्याल

Artharajniti  ~  गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानक स्थापित गरेको बताएका छन् ।  आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् । अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा–पत्रद्वारा सम्मान गरेका हुन् । मन्त्री […]

मन्त्री छान्न रोष्टर बनाउँदै रवि-बालेन

Artharajniti  ~   प्रधानमन्त्रीको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सम्भावित मन्त्रीहरूबारे छलफल चलाउन थालेका छन्।पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए।संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार […]

“कांग्रेसको नीति र सिद्धान्तले जितेको छ ” : महामन्त्री पौडेल

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्याको आधारमा आफ्नो पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त भने विजयी भएको टिप्पणी गरेका छन् । केन्द्रीय कार्यसमितिको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनको सबैभन्दा सुखद पक्ष भनेको नेपाली मतदाताले ’प्रजातान्त्रिक उदारता’ लाई रोज्नु रहेको भनाइ थियो ।उनले भने, ‘सिट संख्यामा हामी दोस्रो भयौँ होला, […]

फेक रेस्क्यू प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता

Artharajniti  ~  पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले  जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो। ३२ जना प्रतिवादी कायम गरिएको यस मुद्दामा ८ जना पक्राउ गरी ल्याएको […]

रास्वपाको आग्रह– राजनीतिक नियुक्ति/ राजीनामा दिएर नयाँ सरकारलाई सहयोग गरिदिनू

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइको ताजा जनादेशसहित सरकार निर्माणको प्रक्रियामा मुलुक प्रवेश गर्न लागेको भन्दै यसअघिका सरकारबाट नियुक्ति लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेको छ। सरकारले योग्यता, क्षमताभन्दा पनि पहुँच र राजनीतिक प्रभावका आधारमा नियुक्ति दिएको अनेकौं उदाहरण रहेको र नागरिक तहमा त्यसप्रति ठूलो असन्तुष्टि देखिएकाले त्यसको सम्बोधन आवश्यक रहेको निष्कर्ष निकालेको […]

कांग्रेस संकट : समानान्तर गतिविधिको तयारीमा देउवा समूह

Artharajniti ~  प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि झन्डै आठ दशक लामो राजनीतिक विरासत बोकेको लोकतान्त्रिक दल नेपाली कांग्रेस कठिन मोडमा पुगेको छ । निर्वाचनमा पार्टीले भोग्नु परेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगनकुमार थापाले नेतृत्वमा आएको ६४ दिनमै राजीनामा दिनु कांग्रेसका लागि असाधारण राजनीतिक घटना बनेको छ । ऐतिहासिक र लोकतान्त्रिक मूल्य बोकेको कांग्रेसले निर्वाचनमा […]

ट्रम्पको ४८ घण्टे धम्कीपछि इरानले पनि दियो चेतावनी

Artharajniti  ~   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार यदि इरानको इन्धन र ऊर्जा केन्द्रहरूमा हमला भयो भने, त्यहाँको सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने बताएको छ।  इरानको यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ ‘अल्टिमेटम’पछि आएको हो। ट्रम्पले यस अघि यदि इरानले ४८ […]

१८ सदस्यीय मन्त्रिमण्डल बनाउने रास्वपाको तयारी

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ मन्त्रिमण्डल गठनको तयारी सुरु गरेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिमण्डल गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने […]

महावीर पुनले मागे नवप्रवर्तन मन्त्रालय गठन

Artharajniti  ~ पूर्वशिक्षा मन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका छन्। बिहीबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र उनीहरूलाई उद्यमी बनाउन शक्तिशाली नवप्रवर्तन मन्त्रालय चाहिने बताएका हुन्। ‘प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर, उनीहरूलाई उद्यमी बनाई नेपालको अर्थतन्त्रको विकास गर्न एकदमै […]

राष्ट्रपति पौडेलसमक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

Artharajniti ~  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, […]