जेएसपीले ३२ भन्दा कम सिटमा संकुचित हुनुभन्दा गठबन्धन छोड्छ।

अर्थ राजनीति  ~   महिनौंको व्यस्त अभ्यासपछि पनि सिट बाँडफाँडको मुद्दाले ठोस र तार्किक टुङ्गो लगाउन सकेको छैन । सत्तारुढ गठबन्धनका दलहरू बढी सिट दाबी गर्ने आफ्नो मागबाट एक इन्च पनि पछि नहटेपछि यो विषय जटिल बन्दै गएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँडमा चित्त नबुझे पाँच दलको गठबन्धन त्याग्ने चेतावनी […]

प्रभु बैंकको १८ हजार ९३२ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ

अर्थ राजनीति  ~  प्रभु  बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री गर्न लागेको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटलमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने […]

आयोगले दलहरूलाई पीआर श्रेणी अन्तर्गत बन्द सूचीका लागि आवश्यक कागजातहरूमा स्पष्ट हुन आग्रह गर्दछ

अर्थ राजनीति  ~ निर्वाचन आयोगले मङ्सिर २० गते हुने निर्वाचनलाई लक्षित गरी समानुपातिक कोटाअन्तर्गत बन्दसूची पेश गर्न आवश्यक प्रक्रिया र आवश्यक कागजातहरूबारे राजनीतिक दललाई स्पष्ट पारेको छ । निर्वाचन आयोगले मङ्सिर १८ र १९ गते प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनका लागि समानुपातिक कोटाअन्तर्गतको बन्दसूची पेस गर्ने दिन रहेको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । निर्वाचन […]

बाढीले कपन क्षेत्र डुबानमा परेपछि म सबैभन्दा बढी दुव्र्यवहार भएको व्यक्ति हुँ : कांग्रेस नेता गगन थापा

अर्थ राजनीति  ~ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कपन खरे (खोलामा) बाढीले क्षेत्र डुबानमा परेकाले आफूलाई सबैभन्दा बढी दुव्र्यवहार भएको बताएका छन् । उनले कपन र बूढानीलकण्ठ क्षेत्रमा बाढी र डुबान समस्या समाधान गर्न एकीकृत आयोजना कार्यान्वयन गर्न सरकारलाई आग्रह पनि गरे । धोबीखोला करिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणका विषयमा आइतबार आयोजना गरिएको अन्तरक्रियामा थापाले यस्तो […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिमा समर्पित गर्ने बताएका छन्

अर्थ राजनीति  ~ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा राजनीतिक रुपान्तरणका लागि आफूले लामो संघर्ष गरेको बताएका छन् । बागमती प्रदेश वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको ‘युवा उद्यमशीलता सम्मेलन’ को उद्घाटन गर्दै । राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा ​​आज (आइतबार) पूर्वप्रधानमन्त्रीले राजनीतिक स्थायित्व, आर्थिक क्रान्ति, शान्ति, विकास र […]

एक लाख पन्ध्र हजार म्यादी प्रहरीमा भर्ना खुल्यो

अर्थ राजनीति  ~ आउदो  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि एक लाख पन्ध्र हजा  जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना प्रकसित गरेको र  भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त […]

नेपाली कांग्रेस महासचिव शर्मा अस्पताल भर्ना

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मिर्गौलामा पत्थरी भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको आजै शल्यक्रिया गरिने परिवारले जनाएको छ ।

एकीकृत समाजवादीले २० लाख भोट पाउने : अध्यक्ष नेपाल

अर्थ राजनीति  ~ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने आगामी निर्वाचनमा आफ्नो पार्टीले २० लाखभन्दा बढी मत पाउने दाबी गरेका छन् । पार्टीको स्थापनाको छोटो अवधिमा आफ्नो पार्टीले जनताको विश्वास जितेको उनले तर्क गर्दै गरिबका लागि र दमनविरुद्ध संघर्ष गर्न पार्टी गठन भएको बताए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले […]

वीरगञ्जमा पनि हटाइँदै अतिक्रमण गरेर बनाइएका संरचना

अर्थ राजनीति ~  सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना पर्साको वीरगञ्ज महानगरपालिकाले हटाउने भएको छ। महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ। नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो। गण्डक चोकदेखि विद्युत् गृह, […]

सम्पति कर बुझाउन काठमाडौं महानगरको दश दिने अल्टिमेटम

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले सरकारी र गैर सरकारी गरी १७ वटा संस्थालाई कर बुझाउन दश दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाको राजस्व विभागले मंगलबार ती संस्थालाई पत्र लेख्दै सम्पति कर बुझाउन अल्टिमेटम दिएको हो । यसरी ताकेता गरिएका संस्थाहरुमा खाद्य संस्थान, नयाँबजारको हाइट फिल स्कूल, नयाँ सडकको रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, […]