“पृथ्वी जयन्तीको बिदा जनआन्दोलनको मर्म र भावना विपरीत ” : अध्यक्ष यादव

अर्थ राजनीति  ~  सरकारलाई समर्थन दिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले दिएको बिदालाई विरोध गरेका छन् । राजतन्त्रात्मक निरङ्कुश पन्चायतती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई २०६२-०६३ को जनआन्दोलनद्वारा खारेज गरिएको उल्लेख गर्दै उनले एमाले र माओवादी गठबन्धन नेतृत्वको सरकारले यसलाई पुनर्स्थापना […]

“नेपाली जनताले धेरै अपेक्षा राखेका छन् ” : सभापति देउवा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् ।  गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै […]

प्रधानमन्त्री दाहालसँग माधव र उपेन्द्रको भेटवार्ता

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच हिजो भेटवार्ता भएको हो  । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्डसँग नेपाल र यादवले भेटघाट गरी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि नेपाल र यादवले प्रधानमन्त्रीसंग भेटघाट गर्न […]

“कांग्रेसले प्रधानमन्त्री अफर गरे पनि हामी सत्ता गठबन्धन छाड्दैनाैँ “: राणा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले प्रधानमन्त्रीकाे अफर गरे पनि राप्रपा सत्ता गठबन्धनमै रहने भएकाे छ । राप्रपा महामन्त्री धवल शमशेर राणाले नयाँ सरकार बनेकाे यति छाेटाे समयमै साथ छाेड्नु अपरिपक्वता र अविश्वसनीय काम हुने बताएका छन् । ‘कांग्रेसकाे अफरलाई पत्याउने आधार छैन । ऊ आफैँ आन्तरिक रूपमा विभाजित छ । त्यसैले राप्रपा कांग्रेसकाे प्रलाेभनमा पर्दैन’, […]

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

अर्थ राजनीति  ~  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै […]

पाल्पा दुर्घटनामा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

अर्थ राजनीति  ~ हिजो  पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । साथै उनले सार्वजनिक यातायात सुरक्षित बनाउन भूमिका खेल्न पनि सबैमा आग्रह गरेका छन् । दुर्घटनालाई लक्षित गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् -‘गए राति पाल्पाको बस दुर्घटनामा […]

गृहमन्त्रीको निर्णय आफैंलाई भारी पर्दै

अर्थ राजनीति  ~  उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ । मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका थिए । मन्त्रालयका सचिव, सहसचिव, तथा अन्य अधिकारीलाई खटाइएका सुरक्षाकर्मी र सवारीचालकलाई सचिवस्तरीय निर्णय गरेर सम्बन्धित कार्यालयमा फिर्ता पठाइएको थियो । निर्णयको […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने

अर्थ राजनीति  ~  मन्त्रिपरिषद बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय भएको पनि […]

“प्रचण्ड” सरकारको निर्देशनप्रति प्रशासन विज्ञकाे आपत्ति

अर्थ राजनीति  ~  लोकसेवा आयोगका पूर्व अध्यक्ष एवं प्रशासन विज्ञ उमेश मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । आयोगका पूर्व अध्यक्ष मैनालीले कर्मचारी र प्रशासनको मूल्यांकन नभइ अचानक सरकारबाट आएको निर्देशनले प्रशासनमा राम्रो सन्देश नदिने बताउनुभएको हो । प्रशासनमा भइरहेको समस्याको खोजी गरी त्यसको समाधान गर्ने र आवश्यक सामग्री र जनशक्तिको […]