राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

अर्थ राजनीति  ~  राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि  […]

” विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैन ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन् । आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । “वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन” उनले भने, “नेपाल स्वतन्त्र भएर आत्मसममानको साथ बाँच्ने स्थिगतितिर […]

” सञ्चार माध्यममा आएका सबै सत्य नहुने ” : माधव नेपाल

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारीबारे आफू र पार्टीले कुनै निर्णय गरिनसकेको बताएका छन् । देउखुरीमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रपतिको उम्मेदवारबारे पार्टी र आफूले केही नसकेको र निर्णय पनि नगरेको बताएका हुन् ।  माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  एमाले अध्यक्ष […]

घर बहालमा दिनेहरूका लागि काठमाडौँ महानगरपालिकाद्वारा निर्देशिका जारी

अर्थ राजनीति  ~  घर बहालमा दिनेहरूका लागि काठमाडौँ महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ। यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ । काठमाडौँमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय […]

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानून व्यवसायीहरुको माग

अर्थ राजनीति  ~  प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीहरुले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । सोमवार सर्वोच्च अदालत बार एशोसिएशनको ४९ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका कानून व्यवसायीहरुले  प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडी बढाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले […]

” राष्ट्रपतिमा शेरबहादुर देउवालाई अघि सार्ने हो” : महामन्त्री शर्मा

अर्थ राजनीति  ~  सत्ता गठबन्धनमा भावी राष्ट्रपतिको बारेमा रस्साकस्सी चलिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै महामन्त्री देउवालाई फागुन १३ गते राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता गर्न आग्रह गरेका हुन् । कांग्रेसकै राष्ट्रपति हुने दाबी गरेका शर्माले राष्ट्रपतिको उम्मेदवारमा […]

पुरानो गठबन्धन ब्युँताउन नेताहरू सक्रिय

अर्थ राजनीति  ~  तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउन नेताहरू सक्रिय भएका छन् । पुरानो गठबन्धनका शीर्ष नेताहरूले  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  सँगको भेटघाटलाई तीव्रता दिएका हुन् । आम निर्वाचनपछि प्रधानमन्त्री चयन गर्ने बेला सो गठबन्धन टुट्न पुगेको थियो । पूर्व सहमति अनुसार नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री दिन तयार नभएको भन्दै […]

प्रधानमन्त्री प्रचण्ड पोखरामा

अर्थ राजनीति  ~  राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को बैठक बस्ने भएको छ। अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालाय पेरिसडाँडामा बस्ने बैठकमा अहिलेसम्म भएका वार्ता र छलफलबारे रिपोर्टिङ हुने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए। ‘अहिलेसम्म भइरहेका छलफलबारे रिपोर्टिङ हुन्छ। अब कसरी अघि बढ्ने भनेर म्यान्डेट लिने काम हुन्छ होला,’ उनले भने। […]

” प्रधानमन्त्रीको भारत भ्रमण गौतमबुद्ध विमानस्थलबाट हुनु उपयुक्त ” : विज्ञ

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्नेे भारत भ्रमणबारे सोमबार भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग अनुकूल समयबारे छलफल भएको थियो । पहिलो पटक प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री […]

सत्ता गठबन्धन फेरिने संकेत देखिदै

अर्थ राजनीति  ~  पुस १० मा बनेको सत्ता गठबन्धन आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावसम्म फेरिने संकेतहरू देखिन थालेका छन् । सरकार निर्माण भएको २ महिना नपुग्दै राष्ट्रपतिको चुनावसम्म समीकरण फेरिन सक्ने नेताहरूका अभिव्यक्ति र केही घटनाक्रमले समेत संकेत गरेका छन् । राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]