नेकपाको पार्टीको स्थायी कमिटी बैठक सुरु
अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको छ ।
अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको छ ।
अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरूपमा हस्ताक्षर गरेका छन । समझदारी अनुसार बैंकले आवश्यक […]
अर्थ राजनीति ~ लामो समय देखि बन्द भएको मनकामना केबलकार आइतबारदेखि संचालनमा आएको छ । कोभिड-१९ का कारण बन्द रहेको केबलकार आइतबार देखि संचालनमा आएको छ । केवलकार संचालनमा आएकै दिनमा यात्रुहरुको एकदमै ठुलो भिड लागेको थियो । मास्क लगाएर आउने यात्रुलाई मात्रै केबलकार चढ्न दिइएको छ । स्वास्थ्य मापदण्ड अपनाएर यात्रुलाई केबलकारमा प्रवेश गराएको […]
अर्थ राजनीति ~ प्रमुख प्रतिपक्षी दलका नेता बैठकमा सहभागी नहुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बस्ने बैठकमा नआउने सन्देश शनिबार पठाए । विपक्षी दलका नेता नै अनुपस्थित हुने भएपछि […]
अर्थ राजनीति ~ विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाले फाइजर/बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेर बताएको छ । एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अमेरिकालाई अनुमति दिएको थियो […]
अर्थ राजनीति ~ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर भएको निगमले बताएको छ ।
अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दै । गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । आज एक बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको मृत्यु भएकाले शोक मनाएर बैठक स्थगित गर्ने जानकारी छ […]
अर्थ राजनीति ~ कोभिड-१९ संक्रमणबाट अमेरिकामा एकै दिन तीन हजार जनाभन्दा बढीको मृत्यु भएको छ। बुधवार एकै दिन तीन हजार जनाको मृत्यु भएको वासिङ्टन पोस्टलाई उद्धृत गर्दै न्युयोर्क पोष्टले जनाएको छ । यो हालसम्मकै उच्च रेकर्ड भएको उसले जनाएको छ । कोरोना संक्रमणका कारण अमेरिकामा दुई लाख ८९ हजार २९८ जनाले ज्यान गुमाइसकेका छन् ।
अर्थ राजनीति ~ अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन माथि करछलीको आरोप लागेको छ । हन्टर बाइडेन अनुसन्धानमा परेको छन् । हन्टरको करसम्बन्धी सम्पूर्ण मामिलाको अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा भइरहेको छ । जो बाइडेनका छोरा हन्टर बाइडेनले यस विषयमा आफूले निकै गम्भीरताका साथ लिएको र जाँचबुझबाट आफू करका विषयमा ‘कानुनी’ तथा ‘सही’ ढंगबाट अघि […]
अर्थ राजनीति ~ वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीको बुधबार मृत्यु भएको छ । उनलाई रक्त क्यान्सर (एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४) भएको थियो । डा. जोशीको उपचारमा दिल्लीका क्यान्सर रोग विशेषज्ञहरुको अनलाइन परामर्शसँगै मेडसिटीको टिम खटेको थियो । उनले ओम अस्पताल होस् या मेडिसिटी, उनले मुटुरोग विभाग र आईसीयूको नेतृत्व गरे । मेडिसिटी अस्पतालको […]