लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अर्थ राजनीति ~ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभिन्न फाँटबाट नगद रसिद काटी संकलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध सोमवार मुद्दा दायर गरिएको हो ।

दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको कोरोना संक्रमणबाट मृत्यु

अर्थ राजनीति ~ दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ललितपुरस्थित किस्ट मेडिकल कलेजको आईसीयूमा उपचाररत ५४ वर्षीय लामाको सोमबार दिउँसो निधन भएको छ । लामालाई  २४ गते कोभिड पोजेटिभ भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । निमोनिया, ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई […]

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु

अर्थ राजनीति ~ अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको  छ । कोरोना भाइरसविरुद्धको लडाइँमा खटिएकाहरुलाई  खोप लगाइदिएर अमेरिकाले सोमबारबाट खोप अभियान सुरु गरेको छ । न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाइएको बीबीसीले जानकारी दिएको  छ । अमेरिकाले फाइजर/बायोएनटेक खोप प्रयोगमा ल्याएको छ । सोमबार १५० अस्पतालमा यो भ्याक्सिन लगाइएको छ ।

नौ महिनादेखि बन्द भएको  पशुपतिनाथ मन्दिर भोलि (बुधबार) बाट खुल्ने

अर्थ राजनीति ~ कोरोना भाइरस संक्रमणको  कारण नौ महिनादेखि बन्द भएको  पशुपतिनाथ मन्दिर भोलि (बुधबार) बाट खुल्ने भएको छ । आज  बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।  पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने जानकारी छ […]

नेपाल-भारत उडानका लागि नेवानिले लिन थाल्यो बुकिङ

अर्थ राजनीति ~  नेपाल-भारत उडानका लागि नेपाल वायुसेवा निगमले टिकट बुकिङ लिन सुरु गरेको छ। पुस २ गतेदेखि सुरु गर्न लागिएको उडानका लागि निगमले टिकट बुकिङ सुरु गरेको हो। यो उडानका लागि निगमले न्यूनतम भाडादर करिब १४ हजार रुपैयाँ कायम गरेको छ।

३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जना पक्राउ

अर्थ राजनीति ~ ३८ तोला सुनको गहना चोरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- २ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको  छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २४ […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण १४ जनाको मृत्यु  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । सप्तरीका ३ जना, बारा, काठमाडौं र कैलालीका २/२ जना, ललितपुर, कास्की, तनहुँ, बाँके र डोटीका १/१ जनाको  मृत्यु भएको प्रदेशका  सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

यार्सागुम्बाको अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

अर्थ राजनीति ~  काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारबाट यार्सागुम्बाको अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई  पक्राउ गरेको  छ । उनीहरुको साथबाट प्रहरीले अवैध रुपमा राखिएको करिब ४ सय ६८ ग्राम यार्सागुम्बा समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरीले बताएको छ । पक्राउ पर्नेमा काठमाडौं सुकेधारा बस्ने सुर्खेतको बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेरबहादुर […]

नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सकियो

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो ।

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता

अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतामा बैंककी बजार व्यवस्थापन तथा प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालकी अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन्  ।  सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ पार्टनरका रूपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ सेवामा […]