नेप्से परिसूचक दोहोरो अंकले घट्यो, सबै समूह राताम्मे

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा झरेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेको छ । कारोबार रकम भने ६ […]

कांग्रेसको नेतृत्वमा सरकार बनाउन छलफल गरिरहेका छौं : डा. महत

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि छलफल गरिरहेको बताएका छन् । यसका लागि दलहरुसँग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको उनले बताए । आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसग कुरा गर्दै नेता महतले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको भन्दै […]

जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दो

अर्थ राजनीति  ~  कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको (१०० रुपैयाँ) मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय रुपैयाँ भन्दा माथि छ । केही कम्पनीको सेयर त ६ सय रुपैयाँभन्दा माथिको मूल्यमा सेयर खरिद बिक्री भइरहेको देखिन्छ । अधिकांश समूहको […]

भोलि, ओलीले विश्वासको मत लिन नसके राजनीतिले कुन मोड लिन्छ

अर्थ राजनीति  ~  सरकारले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा पर्ने सम्भावना देखे फेरि पनि संसद विघटन गर्न सक्ने आशंका गर्न थालिएको छ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि भोलि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएको छ । पूर्वनिर्धारित कार्यक्रम […]

ओली नसुध्रिएपछि सांसदबाट राजीनामाको विकल्प भएन : माधव नेपाल

अर्थ राजनीति  ~  एमाले नेता माधकुमार नेपालले अध्यक्ष केपी ओली नसुध्रिएपछि राजीनामाको विकल्प नभएको बताएका छन्। नेता नेपालले आइतबार राजीनामा दिने तयारी रहेको बताए। ‘ओलीजीलाई सुधार्ने प्रयास असफल भयो। उहाँले लचकता नदेखाएपछि हामीसँग अन्य विकल्प भएन’, उनले भने। नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी नब्युँतिने भएपछि नेपाल समूहका २३ सांसदले राजीनामा पत्रमा  हस्ताक्षर गरेका छन् । नेपाल […]

मुख्यमन्त्री पोखरेल विरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

अर्थ राजनीति  ~  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले आइतबार मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव  दर्ता गरेका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावमा ४० सांसदको हस्ताक्षर छ । यसअघि पनि कांग्रेससहितका चार […]

कांग्रेस सभापति देउवासँग ठाकुर र महतोले गरे वार्ता

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताए । ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै […]

सभामुख र प्रमुख प्रतिपक्षी बिना संवैधानिक परिषदको बैठक सुरू

अर्थ राजनीति  ~  संवैधानिक परिषदको बैठक सुरु भएको छ । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बहिस्कार गरेका छन् । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी छन् ।सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीश राणा उपस्थित संवैधानिक परिषदले गरेको निर्णय उपर परेका विभिन्न मुद्दा उनी […]

सरकार- तत्काल थप खोप आउने अवस्था छैन, पहल गरिरहेका छौं

अर्थ राजनीति  ~  सरकारले कोरोना विरुद्धको थप खोप तत्काल आउने अवस्था नभएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी भारतको सेरम इन्स्टिच्युटबाट ल्याउन लागिएको थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई नरहेको जानकारी दिएको हो। नेपालले खोप सुरु गरेको खोप अभियान थप विस्तृत बनाइ लान खोप खरिद गर्न औषधि व्यवस्था […]

राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाको उम्मेदवारी दर्ता

अर्थ राजनीति  ~  वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । […]