युवराज ज्ञवाली: माधव नेपालले पार्टी विभाजन गरेर गल्ती गरे

अर्थ राजनीति  ~  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी विभाजन गरेर माधव नेपालले गल्ती गरेको बताएका छन् । सुर्खेतमा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले अहिले नेपालले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) बारे भोलि जनतालाई स्पष्ट पार्न उनलाई नै गाह्रो पर्ने बताए। उनले नेपाललाई अर्को आरोप पनि लगाएका छन् । केपी ओलीसँग रहेर सहकार्य गर्ने मनस्थिति […]

माओवादी : गठबन्धन भत्किन नदिने, एकताको पहल पनि गर्ने

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिँदै कम्युनिस्ट घटकहरुबीचको एकताको पहल पनि जारी राख्ने नीति लिएको छ । पार्टीलाई व्यवस्थित, संस्थागत सक्रिय र क्रान्तिकारीकरण गर्ने कार्यलाई मुख्य बनाउँदै क्रान्तिकारीहरुको बीचको एकता र ध्रुवीकरणको निम्ति पनि पहल गर्नुपर्ने माओवादीको निष्कर्ष छ । यस्तै, सो पार्टीले विगतमा एमालेसँग एकता गर्नु कतिपय कमजोरीका बीच […]

सेयर धितो कर्जाको रिसाइकल रोक्न सीमा तोकेको : गभर्नर

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोको कर्जामा सीमित व्यक्तिको मात्र पहुँच र रिसाइकल गर्ने प्रवृत्ति रोक्न सीमा तोक्नुपरेको बताएक छन् । “४ करोडको सेयर बैंकमा राखेर २ करोड ८० लाख ऋण लिने, फेरि २ करोड ७० लाखको सेयर राखेर ७० प्रतिशत ऋण लिने र उक्त कर्जाबाट किनेको सेयरबाट पनि पुनः […]

मौसम प्रतिकूल : आन्तरिक उडान प्रभावित, पोखरा, विराटनगर र भरतपुर विमानस्थल नै बन्द

अर्थ राजनीति  ~  मौसम प्रतिकूल भएपछि आइतबार आन्तरिक तर्फको उडान प्रभावित भएका छन्। मौसम खराब भएका कारण पोखरा, विराटनगर र भरतपुर उडान बन्द रहेको वायुसेवा कम्पनीले जनाएका छन्। आइतबार तीनवटा गन्तव्यमा विभिन्न वायुसेवा कम्पनीको दर्जनौं उडान प्रभावित भएको छ।’मौसमी प्रतिकूलताका कारण उपत्यका बाहिरका विमानस्थल बन्द भएका छन्। केही समय मौसमको प्रतीक्षा गर्नेछौं। यात्रु सहजतालाई मध्यनजर […]

‘राष्ट्र बैंकको सोलोडोलो नीतिबाट संकटमा विकास बैंक र फाइनान्स कम्पनी

अर्थ राजनीति  ~  मौद्रिक नीति र कार्यान्वयनका लागि परिपत्रमा समेत वाणिज्य बैंकलाई एक आपसमा गाभिएको खण्डमा प्रदान गरिने सुविधा तथा छुटको सूची लामै छ। तर उक्त सूचीमा विकास बैंक तथा वित्त कम्पनीलाई सम्बोधन नगरिएकोले अब विकास बैंक र वित्त कम्पनीको मर्जर आवश्यकता छैन भन्ने नेपाल राष्ट्र बैंकको धारणा रहेको स्पष्ट हुन्छ। आर्थिक वर्ष २०७८/७९ को […]

देउवासँगको सहमतिपछि छलफलमा जुट्यो पौडेल समूह

अर्थ राजनीति  ~  महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो ।सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूह आन्तरिक […]

ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी : उपेन्द्र यादव

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन् । जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली–ठाकुर समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकाले उनीहरू सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे । यादवले भने, ’पञ्च केपी […]

१४ सांसद हटाउने सूचना जारी नगरेपछि सभामुखसँग एमाले रुष्ट

अर्थ राजनीति  ~  नेकपा एमालेले आफ्नो दल परित्यागको तयारी गरेका १४ सांसदहरू निष्कासन गर्न पठाएको पत्रमा सभामुख अग्नि प्रसाद सापकोटाले १३ दिनसम्म पनि कुनै निर्णय लिएका छैनन्। प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखले पक्षधरता लिएको आरोप लगाएको छ भने उनको सचिवालयले त्यसको खण्डन गर्दै आएको छ। एमालेले हटाउन पत्राचार गरेका सांसदले पार्टी विभाजन गरेर नयाँ दल […]

माधव नेपालपप्रति भीम रावलको कडा टिप्पणी

अर्थ राजनीति  ~  नेकपा एमाले विभाजन भएपछि माधव नेपाल समूहको साथ छाडेका नेताहरु नेपालप्रति आक्रोशित बन्दै गएका छन् । भीम रावल समेत १० जना स्थायी कमिटीले नेपालको साथ छाडेका थिए । नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि अहिले एकअर्कालाई आरोपित गर्ने क्रम जारी रहेको छ । यता, नेपालको साथ छाडेका नेता भीम रावलले पार्टी फुटाएर […]

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग आइतबार बिहान परामर्श गरेका हुन् । बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद विस्तारको विषयमा केन्द्रित रहेको स्रोतले बतायो । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भने […]