सीडी रेसियोमा प्राथमिकता प्राप्त क्षेत्रको ऋण गणनामा खुकुलो नीति लिँदै राष्ट्र बैंक

अर्थ राजनीति  ~  मौद्रिक नीतिबाट सीसीडी खारेज गर्दै सीडी रेसियो कायम गरेपछि तरलता अभाव भएर ऋण ठप्प हुन थालेपछि राष्ट्र बैंकका गभर्नरले घुमाउरो बाटो प्रयोग गरेर सीडी खुकुलो बनाउने तयारी गरेका छन्। सेयरधनीको पुँजी गणना गर्न नपाइने व्यवस्था सहित सीडी कार्यान्वयन गरेपछि अहिले चरम तरलता अभाव भएको बैंकर तथा व्यवसायीको गुनासो छ। गभर्नर महाप्रसाद अधिकारीले […]

सर्वोच्च अदालत परिसरमा आज पनि वकिलहरूको प्रदर्शन

अर्थ राजनीति  ~  प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने […]

माडीको अयोध्यापुरी पुगेर ओलीले सुनाए राम जन्मभूमिको तथ्य

अर्थ राजनीति  ~  आफ्नै निर्देशनमा निर्माण गरिएको राममन्दिरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार स्थलगत अवलोकन गर्नुका पूजाअर्चना गरे । ओलीले माडी नगरपालिका–९ अयोध्यापुरी नै रामजन्म भूमि भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि कतिले उनको समर्थन गरे भने कतिले उनको आलोचना गरे । सरकार टिकाउनकै लागि ओलीले भारतविरोधी अभिव्यक्ति दिएको कतिपयको भनाइ थियो । […]

नेता बस्नेत : ” अवैध मन्त्रीको झण्डा हल्लाउँदै ठूलो कुरा नगरे हुन्छ “

अर्थ राजनीति  ~ नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान परमादेशबाट बनेको पाँच दलीय गठबन्धनका मन्त्रीहरु अबैध भएको दावी गर्नुभयो । नेकपा एमाले मध्यपुर नगरपालिका वडा नं. १ कमिटीद्वारा आज २०७८ सालको शुभ दिपावली, नेपाल संवत् ११४२ न्हुदँ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले माओवादी […]

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

अर्थ राजनीति  ~ प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

राष्ट्र बैंकले २ अर्बभन्दा बढी निक्षेप वित्तीय प्रणालीमा पठाउँदै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले एक वर्षको लागि मुद्दती निक्षेपमा २ अर्ब २५ करोड ९० लाख रुपैयाँ वित्तीय प्रणालीमा पठाउँदैछ । राष्ट्र बैंकले सोमबार जारी गरेको सूचना अनुसार क, ख र ग वर्षका वित्तीय प्रणालीमा एक वर्षे मुद्दती निक्षेपका रुपमा उक्त रकम पठाउन लागेको हो । उक्त रकम वाणिज्य बैकरुमा एक अर्ब ८० करोड […]

कास्कीका महिला उद्यमीलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जा

अर्थ राजनीति ~   मेगा बैंक नेपाल लिमिटेडले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ। विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरे। सम्झौतापछि मेगा बैंकले संघसँग आवद्ध उद्यमी […]

प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुँदै

अर्थ राजनीति  ~  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ । सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए। मङ्गलबार राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्बोधन सम्पन्न […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै तेस्रो दिन पनि विरोध कायमै

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम गरेका छन् । प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, […]

ओलीजी माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले ठुला कुरा नगरेकै बेस !

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएकी छिन् । माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भएपनि उनले ठूलो कुरा गर्दै हिँडेको दाहालको भनाइ छ । ‘ इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै […]