फाइजर खोप अभियान सुरु, पहिलो चरणमा १२ देखि १७ वर्षसम्मका दीर्घरोगीलाई

अर्थ राजनीति  ~  सरकारले आज (आइतबार) देखि फाइजर बायोएनटेक खोप अभियान सुरु गर्दै छ। कोरोना भाइरसविरुद्धको यो खोप १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर-किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप १२ वर्षभन्दा माथिको जनसङ्ख्यालाई मात्र दिन मिल्ने भएकाले त्यही उमेर समूहलाई मात्र लगाउन लागिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर […]

राप्रपाले आज सातवटै प्रदेशमा अधिवेशन गर्दै

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार  सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्नेछ भने सहमति नभएको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नेछ । […]

सर्वोच्चमा आज पनि धर्ना, प्रधानन्यायाधीशलाई गेटमै रोक्ने तयारी

अर्थ राजनीति  ~  दुई सातादेखि आन्दोलनरत कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित आज पनि धर्ना दिंदैछन् । गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । तर जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार […]

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आसन्न १४ औं महाभिवेशनबारे छलफल गर्न आज दिउसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ । ती एजेन्डा आजको केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसको छ । पार्टी […]

विप्लव, वैद्य लगायतका नेताहरु एक ठाउमा आएर आन्दोलन गर्नुपर्ने अवस्था छ : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि जनयुद्धमा जस्तै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरु माओवादीका राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्रमा लागिरहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले फेरि पनि प्रतिक्रियावादीहरु आफुलाई नै सिध्याएर माओवादी सक्ने अभियानमा लागेको बताए । अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि […]

संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना

अर्थ राजनीति  ~  पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् । मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबार बिहान १० बजेबाट विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । धर्नामा सहभागीहरुले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने र नेपाल […]

गाएक योगेश्वर अमात्यको जग्गा किर्ते प्रकरण

अर्थ राजनीति  ~  गायक योगेश्वर अमात्यको जग्गा किर्ते गरेर ऋण प्रवाह भएपछि जग्गाको मूल्यांकन गर्ने पक्राउ परेका छन्। त्यसैकै बिरोधमा नेपाल भ्यालुयर्स एसोसिएसनले विज्ञप्ति निकाल्दै आन्दोलनको चेतावनी दिएको छ। डाइनामिक कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन सर्भिसेजले कुमारी बैंकबाट उपलब्ध गराइएको कागजातहरुका आधारमा मूल्याङ्कन गरिएको र मालपोत कार्यलयबाट समेत कृते दृष्टिबन्धक एवं रोक्का जस्ता कार्य समेत सम्पन्न भएको […]

आज बढ्यो सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार […]

वरिष्ठ अधिवक्ता कार्की : ” गृहमन्त्रीजी आधा घण्टाभित्र सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउनुस् “

अर्थ राजनीति  ~  वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् । नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा नै धर्ना दिएका छन् । धर्नाकारीहरुलाई रोक्न सर्वोच्च परिसरमा ठूलो […]

काँग्रेसमा पुराना गुट भत्कँदै, नयाँ समूहबीचमा समीकरण बन्दै

अर्थ राजनीति ~ नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ । कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला […]