१४औं महाधिवेशन : नेपाली काँग्रेसमा सभापतिमा अझै सात आकांक्षी

अर्थ राजनीति  ~  नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शेखर कोइराला , पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् । यस्तै, नेता कल्याण गुरुङको […]

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म हुने

अर्थ राजनीति  ~  सरकारले थालेको छलफल अनुसार नेपाली नर्सले बेलायतमा मौका पाएमा आकर्षक आम्दानी गर्ने देखिएको छ ।  बेलायतले आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद अघि बढिसकेको छ । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली […]

” राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना ” : कमल थापा

अर्थ राजनीति  ~  राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका छन् । उनले राप्रपाको एकताको महाधिवेशनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको पनि दोहोर्याएका छन् । थापाले निर्मल निवासबाट भएको हस्तक्षेपको यो पहिलो घटना भने नभएको बताएका छन् । उनले निर्मल निवासमाथि आफूले  चुनाव हारेबापतको आक्रोशमा आरोप […]

तरलता थपिएसँगै शेयर बजार हरियो

अर्थ राजनीति  ~  यो हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजार शुरुवाती कारोबारदखि नै बढिरहेको छ । यो हप्ता मात्रै बैंक तथा वित्तीय संस्थाहरुमा करिब ७ अर्ब निपेक्ष बढेको समाचार आएपछि शेयर बजारमा वृद्धि देखिएको छ । मंगलबार कारोबार शुरु भएको आधा घण्टामा नै नेप्से सूचकांक २७ अंकले वृद्धि भएर कारोबार भइरहेको छ ।

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

अर्थ राजनीति  ~  नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ […]

ओली भेट्न आन्दोलनरत कानुन व्यवसायी बालकोट जाँदै

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बार एसोसिएसनको टोली ओली निवास बालकोट पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो । बार उपाध्यक्ष रक्षा बस्यालका अनुसार नेपाल बारको नेतृत्वमा दिउँसो साढे १२ बजे अध्यक्ष ओलीलाई […]

” लिङ्देन अध्यक्ष बन्नु गणतन्त्रका लागि खतरा ” : के.सी.

अर्थ राजनीति  ~  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको बताउनुभएको छ । मोर्चाका अध्यक्ष केसीले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सत्तारुढ पार्टी भाजपा, पूर्व राजा ज्ञानेन्द्र, राप्रपा र नेकपा एमाले गणतन्त्र र धर्म निरपेक्षता विरुद्ध एकजूट भएको आरोप लगाउनु भएको हो । के.सी.ले भाजपाले नेपालको वर्तमान संविधान स्वीकार नगरेको र हालै […]

सभापतिका उम्मेदवार सिंहले खोले सम्पर्क कार्यालय

अर्थ राजनीति   ~  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोल्नु भएको छ । नेता सिंहले आज बिहान एक कार्यक्रमकाबीच सम्पर्क कार्यालयको उद्घाटन गर्नु भएको हो । सिंहदरबार अगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर उहाँले सम्पर्क कार्यालय खोल्नु भएको हो । सिंहले सभापति पदमा आफू नेचुरल उम्मेदवार […]

कांग्रेस महाधिवेशनः प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ सुरु

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं […]

कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

अर्थ राजनीति  ~  दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको  कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सिमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको […]