आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

अर्थ राजनीति   ~  बिहीबार सुन-चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। आज […]

महँगी बढ्ने संकेत : राष्ट्र बैंक

अर्थ राजनीति  ~   केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ्ने देखाएको छ । बजारमा महँगी बढेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्यांकमा फरक परेको उपभोक्ताको गुनासो थियो । तर, राष्ट्र बैंकको मुद्रास्फीति अपेक्षा सर्वेक्षण (आईएस) को नतिजाले पनि आउने तीन महिनाको लागि औसत मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुमान […]

आज सत्ता गठबन्धनमा एमसीसीबारे निर्णायक छलफल हुँने

अर्थ राजनीति  ~  अमेरिकी सहयोग परियोजना (एमसीसी) स‌ंसदमा टेबल गरेर पारित गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज (बिहीबार) निर्णायक छलफल हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग दिउँसो ३ बजे बैठक बोलाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्ने तयारीमा रहेको सरकार […]

पाँचखाल स्मार्ट सिटी बनाउन निफ्राको सम्झौता

अर्थ राजनीति  ~  पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा निफ्राका उच्च व्यवस्थापन अधिकारी […]

” याक एण्ड यती ” माथिको कारवाही फिर्ता लिन होटल संघ नेपालको माग

अर्थ राजनीति  ~  होटल संघ नेपाल (हान)ले पाँच तारे होटल याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटी कर नतिरेको विषयलाई लिएर याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन आग्रह गरेकी हुन् । अध्यक्ष […]

क्रिप्टो र अनलाइन नेटवर्किङ बारे पीडितकै उजुरीको आधारमा अनुसन्धान हुने

अर्थ राजनीति  ~  हाइपरफण्ड, क्रिप्टो र अनलाइन नेटवर्किङ नियन्त्रण गर्न गठित उच्चस्तरीय कार्यदलले पीडितको उजुरीलाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा अर्थमन्त्रालय सहित अन्य ७ निकायका उच्च अधिकारी सहभागी छन् । प्रहरीमा यस्तो ठगीबाट पीडितहरुबाट प्राप्त सूचना […]

स्थानीय चुनावमा ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने

अर्थ राजनीति  ~  आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ । र सोही अनुसार चुनाव चिहृन प्रदान गर्नेछ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा […]

” माओवादी र समाजवादीले निर्णय नलिएसम्म हामी बोल्दैनौं ” : जसपा

अर्थ राजनीति  ~  सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) ले एमसिसीबारे माओवादी र समाजवादी स्पष्ट नभएसम्म आफूहरू केही नबोल्ने बताएको छ। ‘सत्ता गठबन्धन भित्रै फरक धार आउँछ भने हामी यसबारे अहिले निर्णय गर्न सक्दैनौं, जसपा नेता मोहम्मद ईस्तियाक राईले भने,‘ सबैभन्दा पहिले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको धारणा स्पष्ट हुनुपर्‍यो।’ सत्तारूढ ठूलो दल नेपाली […]

एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए प्रधानमन्त्री देउवा

अर्थ राजनीति   ~  सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय […]

” एमसीसी पास गर्न कांग्रेसले नाफाघाटा हेर्दैन” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको सन्दर्भमा कांग्रेसले ‘नाफाघाटा’ नहेर्ने बताएक छन् । आज कांग्रेस संसदीय दलको आजको बैठकमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसले क्षणिक लाभ वा हानिका आधारमा धारणा नबनाउने बताए । उनले भने, ‘हामीले नाफा घाटा हेरेर निर्णय गर्ने होइन । जे उचित हो त्यहि निर्णय गर्ने हो’, […]