” राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलेको छ ” : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन् । उनले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन्। शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र […]

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

अर्थ राजनीति  ~  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ । ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७वटा राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो । आज बिहान साढे ११ बजे हुने छलफलमा आयोगले हालसम्म गरेको कार्यप्रगतिबारे जानकारी गराउने छ भने राय–सुझाव […]

” चुनावी अभियान सकिएपछि गठबन्धनबारे निर्णय लिन्छौँ ” : प्रकाशमान सिंह

अर्थ राजनीति   ~  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे पार्टीले चुनावी अभियानपछि निर्णय लिने बताएका छन् । शुक्रबार काठमाडौंको आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले एक महिना चल्ने चुनावी अभियानको रिपोर्ट आएपछि गठबन्धनबारे पार्टीले निर्णय लिने बताएका हुन् । कांग्रेसले २९ फागुनदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान चलाउँदैछ […]

संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

अर्थ राजनीति  ~  संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । दुर्घटनामा मादी […]

पश्चिमले प्रतिबन्ध लगाए तेल ब्यारेलको ३०० डलर पुग्ने रसियाको चेतावनी

अर्थ राजनीति   ~  रसियाबाट ऊर्जा आपूर्ति लिन निषेध गरेमा पश्चिमा मुलुकहरुले तेलको मूल्य प्रतिब्यारेल ३०० अमेरिकी डलर पुग्ने अवस्था सामना गर्न तयार हुनुपर्ने चेतावनी रसियाले दिएको छ। यस्तै आफ्नो तेल नलिने गरी प्रतिबन्ध लगाएमा रसिया-जर्मनी मुख्य ग्यास पाइपलाई समेत बन्द गरिदिने चेतावनी दिएको रसियाली एक वरिष्ठ मन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। सोमबार अमेरिकी सेक्रेटरी […]

बिहीबार ५२ अंकले बढ्यो नेप्सेः १८६ कम्पनीका लगानीकर्ताले कमाए

अर्थ राजनीति  ~  साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २५६६.९० बिन्दुमा पुगेको छ । बजार बढेसँगै आज ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले उकालो लागेको छ । आज कारोबारमा आएका २२६ वटा कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँबराबरको ५६ लाख १० हजार कित्ता […]

ग्राउण्ड बुझेपछि मात्रै चुनावी गठबन्धनबारे निर्णय लिने तयारीमा कांग्रेस

अर्थ राजनीति  ~  स्थानीय तहकाे निर्वाचन आउन दुई महिना बाँकी छँदा सत्तारुढ गठबन्धनकाे नेतृत्वकर्ता दल कांग्रेसमा एक्लै चुनावमा जाने वा गठबन्धन लिएरै भन्ने अन्याेल देखिएकाे छ । चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा अहिले तीन धार देखिएकाे छ । सभापति शेरबहादुर देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेताहरू सत्ता गठबन्धनको निरन्तरताको पक्षमा छन् । नेता […]

ओलीको निशानामा निर्वाचन आयोगदेखि सभामुखसम्म

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार, सभामुख, अदालत र निर्वाचन अयोग एमालेको विरुद्धमा रहेको आरोप लगाएका छन् । मंगलबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार अदालतले मुद्दा जिताइदिएर बनाएको र सभामुख स्वेच्छाचारी भएको दाबी गरे । उनले निर्वाचन आयोगले आगामी निर्वाचनमा हरियो […]

नेता रामचन्द्र पाैडेल : ” कांग्रेसले जिते मात्रै देशको विकास सम्भव “

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल तरुण दल भानु नगर समितिले मङ्गलबार आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताएका हुन् । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा नेता पौडेलको जोड थियो ।’युवा भनेका […]

” गठबन्धन फुटाउने केपी ओलीको प्रयास विफल पार्‍यौँ ” : माधव नेपाल

अर्थ राजनीति  ~  सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन तोड्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास असफल बनाएको बताएका छन् । बुधबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अमेरिकी सहायता परियोजनाका नाममा ओलीले गठबन्धन फुटाउने प्रयास गरे पनि त्यसलाई आफूहरूले विफल बनाएको बताएका हुन् । ‘एमसीसीका नाममा गठबन्धनमा अविश्वास पैदा गर्ने र गठबन्धन […]