स्थानीय निर्वाचन : गाडी पठाएर मतदाता ओसार्दै दल र नेताहरू
अर्थ राजनीति ~ स्थानीय निर्वाचनले गर्दा काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको चाप बढेको छ। मुलुकभरिबाट विभिन्न सिलसिलामा काठमाडौं आएकाहरू मतदान निम्ति आ-आफ्नो गाउँसहर फर्किने क्रम बढेसँगै उपत्यकाका बसपार्कमा चहलपहल बाक्लिन थालेको छ। उपत्यकाको कोटेश्वर, कलंकी, बसपार्क लगायत स्थानमा आइतबारबाट लामो दुरीका सवारी चाप अत्यधिक छ। ट्राफिक प्रहरीका अनुसार बिहान र साँझ काठमाडौंबाट बाहिरिने सवारी संख्या बढेको […]
