नबिल बैंक साफा अवार्डबाट सम्मानित

Artharajniti  ~  नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डसमा मेरिट अवार्ड प्रदान गरिएको छ। साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो। दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा […]

रास्वपा सभापति रवि लामिछानेसँग बयान जारी

Artharajniti  ~  सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग दोस्रो दिनको बयान सुरू भएको छ। मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको बयान नसकिएपछि बुधबार बिहान साढे १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले […]

‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौँ’ : राष्ट्रपति पौडेल

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले […]

कुलमानलाई सरकारले फेरि सोध्यो स्पष्टीकरण

Artharajniti  ~  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । यसअघि १५ बुँदे स्पष्टीकरण सोधेको सरकारले यसपटक भने ६ बुँदे स्पष्टीकरण सोधेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ६ बुँदे स्पष्टीकरण सोधिएकोमा घिसिङले त्यसको जवाफ भने दिइसकेका छैनन् । ऊर्जामन्त्री खड्काले आजै प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन् । […]

दुई दिनमा ८५ अंकले बढ्यो नेप्से

Artharajniti  ~  साताको दोस्रो कारोबार अर्थात् सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ। आइतबार ६२.५४ र सोमबार २२.१४ अंक गरी यो दुई दिनमा नेप्से ८४.६८ अंकले बढेको हो। सोमबारको कारोबार रकम गत दुई महिनायताकै उच्च हो। यसअघि गत भदौ १९ गते १२ अर्ब ९२ करोड रूपैयाँको सेयर […]

एकैदिन दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ

Artharajniti ~   नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ।  सोमबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा […]

प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

Artharajniti  ~  गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय निकट स्रोतले उनलाई मंगलबार बिहान पक्राउ गरिएको पुष्टि गर्‍यो । सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने […]

” राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने” : उपसभापति डीपी अर्याल

Artharajniti  ~ रवि लामिछाने ज्यूँदो छँदासम्म पार्टी सभापति रहने घोषणा गरेका रास्वपा उपसभापति डीपी अर्यालसहितका नेताहरूले सोमबार दिउँसो कास्की प्रहरीको हिरासतमा आधा घण्टा बिताए । डीपीले आइतबारको भाषणमा भनेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो । हिरासतमा बसे पनि, जेलमा बसे पनि रास्वपाको सभापति रवि लामिछाने नै हो […]

प्रधानमन्त्री ओली : ” उद्योग धन्दा बन्द गर्न र देश टाट पल्टाउन दिइँदैन “

Artharajniti  ~  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश टाट पल्टाउन नदिइने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा आज पनि लाइन जोडिदिएन नि भन्ने प्रश्नमा उनले यस्तो भनेका हुन् ।विराटनगरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘विद्युत्को लाइन जोडिएन होइन ? ठिक छ त्यो हेर्नुपर्छ । तर, देश बिगार्न र उद्योग धन्दा […]

” सरकार राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा लागेको छ ” : माओवादी केन्द्र

Artharajniti  ~  नेकपा माओवादी केन्द्रले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा सरकार लागेको आरोप लगाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अफ्ठ्यारोमा पार्ने र हटाउने समेतको प्रयास गरिरहेको भनिएका बेला माओवादीले यस्तो बताएको हो । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै […]