फेरि आन्दोलनको तयारीमा निजी क्षेत्र

अर्थ राजनीति ~ ऋणको साँवा–ब्याज नतिर्ने र ब्याज असुली गर्न आउने कर्मचारीलाई कालोमोसो लगाउने अभियान चलाएका व्यवसायी दुर्गा प्रसाईंका कारण एक महिनादेखि बैंक तथा वित्तीय क्षेत्र त्रसित छ । यही बेला निजी क्षेत्रका विभिन्न संघसंस्था मिलेर बैंक ब्याजदरका विरुद्धमा फेरि आन्दोलन गर्ने तयारी गरेका छन् । आन्दोलनको प्रारुप तयार गर्न भोलि शनिबार राजधानीमा देशभरका सम्पूर्ण […]

नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बधाई दिनेहरूको भीड

अर्थ राजनीति  ~  मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना दिनेहरूको भीड लागेको छ । राष्ट्रपति पौडेललाई बधाई दिन उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सङ्घीय संसद् भवनबाट निवास बोहोराटार पुग्नुभएको थियो । पौडेल निवास पुग्नासाथ बटुकहरूले स्वस्ति वाचन गरेर स्वागत […]

आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने, बचतको ब्याज पनि घट्ने

अर्थ राजनीति  ~ नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याज दर यथावत राखेर बचतको ब्याज दर घटाउने निर्णय गरेको छ। सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधीहरु सहभागी बैठकले चैत १ गतेबाट लागू हुने ब्याज दर पुनरावलोकन गरेको हो। अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने […]

तेस्रो राष्ट्रपतिको लागि पूर्वसभामुखद्वय नेम्वाङ र पौडेल भिड्दै

अर्थ राजनीति  ~  गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पदमा बिहीबार मतदान हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । आगामी पाँच वर्षका लागि हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ प्रतिष्पर्धामा हुनुहुन्छ […]

दुर्गा प्रसाईं द्वारा थप कार्यक्रम घोषणा

अर्थ राजनीति  ~  व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उहाँले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् । उनले आन्दोलनका क्रममा हरेक शनिवार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरू, सर्वहारा वर्गहरू, फुटपाथमा व्यापार गर्नेहरू जम्मा गरी माइतीघर मण्डलाबाट जुलुस ल्याइ बानेश्वर चोकमा कोणसभा […]

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज हुँदै

अर्थ राजनीति  ~  प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको सुनवाइ आजका लागि तोकिएको छ । पाँच हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर गत मंगलबार दायर भएको मुद्धाको सुनुवाइ आजका लागि तोकिएको हो ।  प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै […]

महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ

अर्थ राजनीति ~   सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताएका छन् । आउदो ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आज ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म […]

प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट लिएर कानुन व्यवसायीहरु सर्वोच्चमा

अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट लिएर कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । प्रचण्डविरुद्धको जाहेरी दर्ता गरी उनलाई पक्राउ गरी कारबाही हुनुपर्ने आदेशको माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका हुन् । १ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने […]

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । राप्रपाले बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुनेछ । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।

अपर तामकोशीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

अर्थ राजनीति  ~  अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) सँग अनुमति मागेको छ । कम्पनीले १ बराबर १ को अनुपातमा रू. १० अर्ब ५९ करोड बराबरको हकप्रद शेयर निष्कासनका लागि फागुन १८ गते बोर्डसँग अनुमति मागेको हो । यस अघि फागुन १६ गते विद्यु्त नियमन आयोगले पनि […]