सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, आन्दोलन पनि स्थगित

अर्थ राजनीति  ~  सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति भएको छ। सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। पुनले विभिन्न ११ बुँदे माग राखेर माइतीघरमा शुक्रबारदेखि धर्ना सुरु गरेका थिए। अनुसन्धानका लागि कोष स्थापना गर्ने सहमतिमा उल्लेख छ। ‘आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले […]

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए

अर्थ राजनीति  ~  चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख […]

पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ

अर्थ राजनीति  ~  पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले एमाले नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो। उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा पोशाकमा रहेको प्रहरी टोली मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ […]

“सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ ” : प्रधानमन्त्री दाहाल

अर्थ राजनीति   ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका […]

महानगरका मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइने

अर्थ राजनीति   ~ काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १६ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको हो । कामपाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ । यद्यपि, कामपाले मापदण्ड नपुगेका पम्प सञ्चालकलाई सो बारेमा केही महिना अघि नै जानकारी भइसकेको […]

मन्त्री किराती : ” वायुसेवा निगम खाने खुम्ले कीरा त मन्त्रीहरू नै पो रहेछन् “

अर्थ राजनीति  ~  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम खाने खुम्ले कीरा मन्त्रीहरू नै रहेको बताएका छन्। निगमको वार्षिक समीक्षा बैठकमा सम्बोधन गर्दै मन्त्री किरातीले निगमको कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको भन्दै यस्तो बताएका हुन्। ‘म मन्त्री भएको सय दिन भयो। यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो। […]

” बैंकको ब्याजदर कम हुँदै छ “: गभर्नर अधिकारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरमाथिको दबाब विस्तारै कम हुँदै गएको बताएका छन् । केन्द्रीय बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले बैंकिङ प्रणाली सुदृढ रहेको तर्क पनि गरे । पछिल्लो समय खराब कर्जा बढ्दै जाँदा बैंकहरूमाथि निरन्तर दबाब पर्दै आएको छ । साथै उच्च ब्याजदरका कारण निजी क्षेत्र बैंकप्रति […]

रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएका छन्। सभामुख देवराज घिमिरेले आजै ११ : ३० बजे उनीहरुलाई सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ। सभामुख देवराज घिमिरेले  उनीहरुलाई पद तथा […]

माओवादीका अयोग्य लडाकुलाई राहत बाँड्ने कार्यविधि तयार

अर्थ राजनीति  ~  देशको आर्थिक अवस्था नाजुक बनेको बेला सरकारले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा ठूलो रकम बाँड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गत फागुनमै अयोग्य लडाकुलाई प्रतिब्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय मन्त्रिपरिषद्बाट गराउनु भएकोमा अहिले रकम वितरणका लागि कार्यविधि तयार पारिएको छ । मन्त्रिपरिषद्को निर्णय बाहिरिएपछि सत्तारुढ अन्य […]

” रास्वपाको उदय सकारात्मक ठान्दछु ” डा. भट्टराई

अर्थ राजनीति  ~  नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ पार्टीहरुको उदय सकारात्मक भएको बताएका छन् । भट्टराईले एक–अर्काको अनुभवबाट सिक्दै देशको अर्थ–राजनीति र भू–राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न समेत आह्वान गरेका छन् ।