झापामा झडप हुँदा प्रहरीसहित दुई दर्जन घाइते

अर्थ राजनीति  ~ झापामा मंगलबार साँझ जातीय पहिचान पक्षधरले निकालेको मसाल जुलुसमा झडप हुँदा कम्तिमा दुई दर्जन घाइते भएका छन् । कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको समूहले मंगलबार झापाको दमकमा मसाल जुलुस प्रदर्शन गरेकोमा प्रहरीसँग झडप भएको हो । झडपमा केही प्रहरीसहित दुई दर्जन घाइते भएका हुन् । प्रदर्शनकारीले ढुंगामुढा गर्दा दमक इलाका प्रहरी […]

रवि लामिछाने : प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न हाइप्रोफाइललाई कानुनी दायरामा ल्याउन भइरहेको ढिलाइप्रति कटाक्ष गरेका छन् । उनले सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएका छन् । खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका  सन्तानको जगजाहेर  तान्डवलाई छोड्यो […]

बालकृष्ण खाण पक्राउपछि कांग्रेसमा भूकम्प

अर्थ राजनीति  ~  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसमा हलचल मच्चिएको छ । खाणलाई बुधबार बिहान प्रहरीले राजधानीको चुच्चेपाटीबाट पक्राउ गरेको हो । खाणलाई पक्राउ गरिए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको थियो । शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाणलाई उनकै […]

अर्थतन्त्र उकास्न मौद्रिक नीतिको भर

अर्थ राजनीति  ~  अर्थतन्त्रमा आएको सुस्तता चिर्न सरकारले आगामी मौद्रिक नीतिको भर पर्ने संकेत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिबाट मात्रै अर्थतन्त्र सुधार्ने ठाँउ नभएको भन्दै मौद्रिक नीतिलाई लचिलो बनाउनु पर्नेमा जोड दिइरहेका छन् । राष्ट्र बैंक चालु आर्थिक वर्ष त्रैमासको मौद्रिक नीति समीक्षा गर्ने तयारीमा छ भने नयाँ आवको लागि नीति बनाउने […]

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्रीको दिनगन्ती

अर्थ राजनीति ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका कारण अझै मन्त्रिपरिषद् पूर्णता दिन नसकेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग अझै वन तथा वातावरण मन्त्रालय रहेको छ । सो मन्त्रालय जनता समाजवादी पार्टी नेपाल (जसपा)को भागमा […]

प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन संवैधानिक परिषदकाे बैठक बस्दै

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन साेमबार संवैधानिक परिषदकाे बैठक बस्ने भएकाे छ । बैठक साेमबार साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । साेमबारको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने जनाइएकाे छ । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एशोसिएसनले […]

मौद्रिक समीक्षामार्फत के गर्दैछ राष्ट्र बैंक ?

अर्थ राजनीति  ~  बुधबारसम्म मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक तयारी गरिरहेको नेपाल राष्ट्र बैंकले साना ऋणीलाई पैसा तिर्ने समय थप गर्दै जोखिम भारित सम्पतिको सीमालाई घटाउने तयारी गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको संयोजकत्वमा मौद्रिक समीक्षा लेखनको काम लगभग सकिएको छ। अर्थसचिव परिवर्तन भएका कारण छलफल रोकिएको छ। राष्ट्र बैंक सञ्चालक समितिको पदेन […]

” अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन ” : प्रधानमन्त्री

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् । ‘नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताका हुन् ।“नेपालको अर्थतन्त्र श्रीलंका जस्तो टाट पल्टिन लाग्यो […]

नक्कली भुटानी शरणार्थी प्रकरण: संसदमा जुहारी

अर्थ राजनीति ~  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयले प्रतिनिधिसभा बैठकमा समेत प्रवेश पाएको छ । सो प्रकरणलाई लिएर सत्तारूढ दल र विपक्षी दलबीच संसदमा जुहारी सुरु भएको छ । आइतबारको संसद बैठकमा बजेट सम्बन्धी छलफल चल्दै गर्दा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसद एकअर्कालाई दोषारोपणमा उत्रिएका हुन् । […]

श्री एयरलाइन्सको ल्यान्डिङ गियरमा समस्या, रनवेमै अड्कियो विमान

अर्थ राजनीति   ~  भैरहवाबाट काठमाडौंको लागि  उडेको श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा समस्या आएको छ। ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान पुन: भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ। विमान रनवेमै अड्किएकाले अरु सबै उडान अवतरण प्रभावित बनेको छ। श्रीको विमान रनवेमै रहेकाले यती एयरलान्सेन्सको जहाज आकाशमै फन्को मारिरहेको थियो। अवतरण गर्न नसक्ने भएपछि उक्त विमान पुन: काठमाडौं […]