५२ करोड राजस्व सङ्कलन

अर्थ राजनीति ~ कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९-८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई  हजार सात सय ७३ फछ्र्यौट गरेको छ । सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा […]

एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गर्ने

अर्थ राजनीति ~  प्रमुख प्रतिपक्षी एमालेले बिहीबारको राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । सुन तस्करी प्रकरण छानविनका लागि विज्ञहरुको उच्च स्तरीय समिति माग गर्दै प्रतिनिधिसभाको बैैठक अवरुद्ध गर्दै आएको एमालेले अब राष्ट्रियसभा पनि अवरुद्ध गर्ने भएको हो । सरकारले छानविन समिति बनाउन बेवास्ता गरेकाले राष्ट्रियसभा पनि अवरोध गरिने एमालेले जनाएको छ । राष्ट्रियसभाको […]

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

अर्थ राजनीति ~ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताउनुभयो । […]

राप्रपामा नेता बन्न खुल्ला आवेदन माग

अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको हुन्छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ । त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्ने छ । कार्ययोजना दिएका उम्मेदवारमध्येबाट […]

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ८५ करोड

अर्थ राजनीति ~ माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कठिन लगानीका बाबजुदपनि बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा १० प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष बैंकको खुदा ब्याज आम्दानी समेत १०.५ प्रतिशतले बढ्दै ५ अर्ब ३८ करोड नाघेको छ । सोही अवधिमा यता […]

माओवादी केन्द्रको स्थायी समिति बैठक सुुरु

अर्थ राजनीति ~ नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ । स्थायी समिति […]

महसुल घटाएपछि उपभोक्तालाई राहत

अर्थ राजनीति ~ पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०-८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ । पाल्पाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाका रुपमा रहेको यस संस्थाले थोरैदेखि धेरै पानी […]

एमालेले संसदमा जारी राखेको अवरोध खुलाउन सभामुखले गरे पहल

अर्थ राजनीति  ~   सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधि सभामा एमालेले जारी राखेको अवरोध खुलाउने मुख्य एजेण्डा तय गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । उक्त बैठक दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]

हकप्रद जारी गर्न लागेको अपर तामाकोशीले डाक्यो साधारणसभा

अर्थ राजनीति  ~  शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले भदौ ६ गतेका लागि १५औं वार्षिक साधारणसभा डाकेको हो। सभामा खासै महत्त्वपूर्ण एजेण्डा छैनन्। नियमित एजेण्डा लगिने भएको छ। वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको पारिश्रमिकलाई एजेण्डाका रुपमा राखिएको छ। विशेष प्रस्ताव भनेर सामाजिक संस्थाहरुलाई गरिएको […]

नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझी उच्च अदालत पुगे

अर्थ राजनीति  ~  नक्कली शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको र सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै नेताहरु उच्च अदालत पुगेका हुन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री […]