ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने

Artharajniti  ~  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग  फिर्ता हुने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो।तत्कालीन प्रधानमन्त्री केपी […]

अधिक तरलता कायमै, ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

Artharajniti  ~  अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) आइतबार ७० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता […]

मन्त्रालयबाट चोरी गरेका सामग्री फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह

Artharajniti  ~  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते विभिन्न सामग्री चोरी भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको मन्त्रालयले उल्लेख गरेको छ । यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, […]

एनआइसी एसियाका सिइओ न्यौपानेले दिए राजिनामा

Artharajniti  ~  एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बैंक राजिनामा दिएका छन्। बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गर्दै यस्तो जानकारी दिएका हुन्। न्यौपानेले असोज १ गते राजिनामा दिएकोमा बैंकले असोज दुईमा स्वीकृत गरेको हो। अहिलेलाई नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ।

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनमा कुराकानी भएको छ। बिहीबार उनीहरूबीच कुराकानी भएको हो। प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीसँग के-के विषयमा कुराकानी गरेको हो भन्नेबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराउने तयारी गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले भने नेपालको अन्तरिम प्रधानमन्त्री कार्कीसँग आत्मीय कुराकानी भएको बताएका छन्। उनले सामाजिक सञ्जाल […]

उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

Artharajniti  ~  गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय जानुभई जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिनुभएको छ ।सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । गृहमन्त्री अर्यालले भन्नुभयो, “आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सदायताप्रति […]

त्यो अन्तिम मन्त्रिपरिषद् : ओलीले भनेका थिए, ‘पछि हटिन्नँ’

Artharajniti  ~  जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते काठमाडौँमा १९ जनाको मृत्यु भइसकेको थियो । त्यसको समीक्षा गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाए ।करिब दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीले ‘कहाँ गल्ती भयो ? यति ठुलो घटना कसरी भयो ? भन्ने […]

प्रहरीका ९० जना डीएसपीहरुको सरुवा

Atharajniti  ~   नेपाल प्रहरीका ९० जना डीएसपीहरुको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले डीएसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीलाई सरुवा गरिएको छ । डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा […]

जेनजी आन्दोलनपछि बन्द भएको शेयर बजार आजबाट पुनः सञ्चालन

Artharajniti  ~  जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो ।यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका […]

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

Artharajniti  ~  नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतलनिवासमा सोमबार मध्याह्न विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्। रामेश्वर खनालले अर्थ मन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका हुन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च […]