मेयर राजेशमान सिंह पक्राउ
Artharajniti ~ वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको हो । पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले बताए । […]
