एसईई आजबाट सुरू, उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

Artharajniti ~  माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदैछ ।आजदेखि चैत २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ । एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा […]

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी पत्रमा हस्ताक्षर

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय […]

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्ताह २०२४

Artharajniti  ~  माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाइने ग्लोबल मनी विक (सप्ताह) २०२४ भव्य रूपमा मनाएको छ। ‘प्रोटेक्ट योर मनी सेक्योर योर लाइफ’ भन्ने  मुल नाराका साथ मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनी विक अन्तर्गत बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत् विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू […]

” सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो ” : प्रधानमन्त्री ‘प्रचण्ड’

Artharajniti  ~  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वाग्मती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पार्नुभयो । उहाँले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र […]

गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव पारित

Artharajniti  ~  संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ । उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका […]

रुस सरकारले माग्यो सेनामा कार्यरत १५ नेपालीका परिवारको डिएनए

Artharajniti  ~  रुस सरकारले सेनामा कार्यरत १५ जना नेपालीको जेनेटिक टेष्टका लागि डिएनए नमूना पठाइदिन नेपाल सरकारसँग आग्रह गरेको छ। रुसले मस्कोस्थित नेपाली दूतावासलाई गत फागुन २३ गते पत्र लेखेर डिएनए नमूना पठाइदिन भनेको हो। डिएनए नमूना माग गरिएका १५ जना रुसी सेनाको अवस्था भने सार्वजनिक भइसकेको छैन। कन्सुरल विभागका महानिर्देशक प्रकाशमणि पौडेलकाअनुसार डिएनए टेष्टका […]

समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको चेतावन

Artharajniti  ~   नेपाली कांग्रेसले प्रतिनिधि सभाको अर्को बैठकअघि संसदीय छानबिन समिति गठन नगरे संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ। बुधवारको प्रतिनिधि सभाको बैठकको सुरुमै कांग्रेसका सांसदहरुले उठेर सभामुख देवराज घिमिरेको ध्यानकर्षण गराएका थिए। लगतै सभामुख देवराज घिमिरेले कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेलाई बोल्ने समय दिए। न्यौपानेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति […]

बैङ्क र व्यवसायीबिचको सम्बन्ध

Artharajniti  ~ नेपालमा औद्योगिक विकासको प्रारम्भसँगै बैङ्किङ वित्तीय क्षेत्रको सुरुवात भएको हो । १९९३ सालमा मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलको स्थापना भयो । सोलगत्तै १९९४ सालमा नेपालको पहिलो बैङ्कका रूपमा नेपाल बैङ्क लिमिटेडको स्थापना भयो । यसरी हेर्दा पनि नेपालमा उद्योग व्यवसायको विकास एवं विस्तार भएसँगै बैङ्किङ क्षेत्रको विकास भएको हो । उद्योग–व्यवसायको विकासविना बैङ्कहरूको पनि […]

” कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन ” : गृहमन्त्री लामिछाने

Artharajniti   ~  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलन कार्यक्रममा उनले कानुन कार्यान्वयनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् । उनले सशस्त्र प्रहरी बललाई पाँचबुँदे निर्देशन दिँदै गैरव्यावसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने स्मरण […]

काठमाडौं महानगरपालिका : “सहकारीको ऋण समयमै तिर्नू अन्यथा असुली प्रक्रिया अगाडि बढाइन्छ “

Artharajniti  ~  काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ। महानगरको सहकारी विभागले सूचना प्रकाशित गर्दै केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी  गर्न विभिन्न बहानाबाजी गरेको र केहीले सहकारीको ऋण तिर्न नपर्ने जस्ता भ्रम फैलाएको गुनासो आएकाले त्यस्ता ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको हो। महानगरले केही सहकारी संस्थाहरूमा तरलताको […]