” मेयरले काठमाडौंको सभ्यतामाथि धावा बोले ” : योगेश भट्टराई

Artharajniti   ~  नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यहाँको सभ्यतामाथि धावा बोलेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकपछि बोल्दै सांसद भट्टराईले महानगरपालिकाका मेयर बालेनले ऋषिमुनि, बुद्धले बनाएको सभ्यतामाथि धावा बोलेको बताएका हुन्।‘काठमाडौं महानगरपालिका र सडक विभागका बीचमा केही मतभेदहरू उत्पन्न भए। त्यसको दोष पनि एमालेले बोक्नुपर्ने, […]

सजिलो पे पेमेन्ट र पेवेल नेपाल राष्ट्र बैंकको छानबिनमा

Artharajniti  ~   हुण्डीलगायत गैरकानुनी भुक्तानी कारोबारको शंकामा अनुसन्धानको घेरामा परेका दुई भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक खाता रोक्का भएको छ। पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.का बैंक खाता नेपाल राष्ट्र बैंकले रोक्का गरेको हो। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नियामकीय अनुपालना सम्बन्धी छानबिनका लागि दुवै भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक तथा […]

गृहमन्त्रीको निजी सचिवालय : ” कास्की प्रहरीमा परेको ठाडो निवेदन हो “

Artharajniti   ~  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निजी सचिवालयले जिल्ला प्रहरी कार्यालय, कास्कीमा लामिछानेविरुद्ध ठाडो निवेदन परेको स्वीकार गरेको छ । सोमबार  प्रकाशित ‘सर्वोच्चले झिकाएको जाहेरीमा पहिलो नम्बरमै छ गृहमन्त्री लामिछानेको नाम’ शीर्षकको समाचारको खण्डन गर्दै निजी सचिवालयले प्रेषित गरेको पत्रमा भनिएको छ–’आधार र कारण बिना बुझाइएको ठाडो निवेदन, जुन दर्ता योग्यसमेत नरहेको भन्दै प्रहरीले […]

दुई दिनमा ७५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले शुक्रबार पनि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार बैंकिङ्ग प्रणालीबाट ५० तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले दोस्रो दिन पुनः २५ अर्ब तान्ने भएको हो । निक्षेप सङ्कलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा बढ्दो […]

” प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ ” : मेयर शाह

Artharajniti ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको आरोप लगाएका छन् । आज  सामाजिक सञ्जालमार्फत उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन सुझाव पनि दिएका छन् । उनले भनेका छन्–’न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन […]

” भ्रष्टीकरणले नेता, कार्यकर्तासँगै देश बिग्रियो ” : माधव नेपाल

Artharajniti  ~ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टीकरण मौलाएको बताएका छन् । वामपन्थी नेता देवशंकर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण भएको बताएका हुन् । ‘अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । पार्टीका नेता, कार्यकर्ता, समाज र देश […]

कान्तिपुर र पशुपति सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ

Artharajniti  ~  प्रहरीले कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष  चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो। सहकारीको अर्बौं बचत अपचलन गरेको आरोपमा लामालाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार […]

” ६ % को आर्थिक वृद्धिका लागि कम्तीमा ११ % ले कर्जा विस्तार हुनुपर्छ ” : अध्यक्ष केसी

Artharajniti  ~  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिका लागि कम्तीमा ११ प्रतिशतले कर्जा लगानी वृद्धि हुनुपर्ने बताएका छन् । चालू आर्थिक वर्षको ९ महिनाको स्थितिमा निजी क्षेत्रको कर्जा प्रवाह ४.३ प्रतिशत मात्र रहेकोमा यसलाई थप विस्तार गर्ने नीति चाहिने उनले बताए । आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटको […]

” बजेटमा वित्तिय क्षेत्र सुधार कार्यक्रम आउनु सकारात्मक ” : डेपुटी गभर्नर मिश्र

Artharajniti  ~  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्त्वपूर्ण भएको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उक्त कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्न राष्ट्र बैंक तयार रहेको पनि उनले बताए। ‘बजेटमा यस्तो नीति […]

” माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti   ~  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । आज बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो […]