सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

Artharajniti  ~  स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबारका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ […]

प्रधानमन्त्रीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद् बैठक

Artharajnit   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने ती मन्त्रीको भनाइ छ । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् […]

प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋण लगानी गर्न नसकेपछि प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ खिन लागेको हो। यसका लागि बैंक तथा वित्तीय संस्थाले सोमबार अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ। यसअघि बोलकबोलमार्फत खिचेको साढे ७४ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

” माओवादी केन्द्र एक्लै चुनाव लडेर जित्छ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए । अध्यक्ष प्रचण्डले भने, “म प्रधानमन्त्रीबाट हटे पनि […]

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

Artharajniti   ~  नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ “आवास कर्जा ” ल्याएको छ । सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वारलगायतमा कर्जा पाउन सक्नेछन् । बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी रू. ५ लाखदेखि […]

बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

Artharajniti  ~  बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार रु १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ । सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर […]

गृहमन्त्री लेखक : ” विपद् आउँदैछ भनेर ५५ हजार व्यक्तिलाई भाइबर सन्देश पठायौँ “

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण व्यापक धनजनकाे क्षति हुनुपूर्व सचेत रहन भन्दै ५५ हजार जनालाई भाइबरमार्फत सन्देश पठाएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मौसम विभागले गरेको पूर्वानुमान अनुसार विपद् प्रतिकार्य स्वरूप हिमाली क्षेत्रमा पदयात्रामा रोक लगाएको, राजमार्गमा रात्रि बस चलाउन […]

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

Artharajniti  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। सोमबार अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा  पत्रकार सम्मेलन गर्न लागेका हुन्।  बाढी पहिरोबाट मुलुक आक्रान्त भइरहेका बेला सरकार प्रमुख मुलुक बाहिर रहेको, भ्रमण छोट्याएर मुलुक नफर्किएको, बाढी पहिरो प्रभावितहरूलाई समयमै राहत तथा उद्धार पुर्‍याउन नसकेको भन्दै […]

” विपद्का बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक ” : अध्यक्ष लिङ्देन

Artharajniti   ~  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल एक्समार्फत लिङ्देनले विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकार फेल भएको उनको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘मौसमविद्को रेडअलर्डबाट विपद‍्लाई पुरै रोक्न त सकिँदैन थियो नै । तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो […]

सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय

Artharajniti  ~   नेकपा एमालेले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। बसेरा होटलमा बसेको सचिवालय बैठकले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने निर्णय गरेको हो।सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले बताए। सचिवालय बैठकपछि अहिले संसदीय […]