तीन दिनसम्म विविध कार्यक्रम गरी ” राष्ट्रिय प्रजातन्त्र दिवस ” मनाइने

Artharajniti  ~   सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको  छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष […]

इतिहासकै चुनौतिपूर्ण मोडमा बैंकिङ क्षेत्र

Artharajniti   ~  अहिले बैंकिङ क्षेत्र खराब ऋणको दबाबमा छ। अर्थतन्त्रमा सुधार हुनेभन्दा पनि चुनौती बढ्ने क्रम जारी छ। अहिले ३.६१ प्रतिशत रहेको खराब ऋण पोहोर आधा मात्र थियो। अर्थतन्त्र जर्जर भइरहँदा यो खराब ऋण अर्को वर्ष कति पुग्ने हो यकिन छैन। नियामकले दिएको सुविधाका कारण खराब ऋण सीमाभित्र बाँधिएको छ। अर्कोतर्फ बैंकहरु नयाँ ऋण विस्तारतर्फ […]

बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा

Artharajniti  ~  बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य २ जनालाई पनि रिहा गरेको हो । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा […]

” योभन्दा नालायक र गतिहीन सरकार इतिहासमै थिएन ” : गोकुल बास्कोटा

Artharajniti   ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार इतिहासकै नालायक गितिहीन सरकार रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बास्कोटाले प्रधानमन्त्रीले रामराज्य आइसक्यो भन्ने गरेको तर सरकार इतिहासकै गतिहीन र नालायक रहेको टिप्पणी गरेका हुन्। बास्कोटाले आफूले नगरकोटको बाटो बनाइदिन भौतिकमन्त्रीसँग ४ पटक अनुरोध गरेको तर कुनै सुनुवाइ नभएको […]

” सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाही गर्नुपर्छ ” : गगन थापा

Artharajniti  ~  नेपाली कांग्रेसका सांसद गगन थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। ‘जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्। राजनीतिक शक्ति होस् कि […]

सहरी विकासमन्त्री : ” निर्माण पूरा नभएसम्म धरहरामा कुनै हालतमा पार्किङ गराउन दिंदैनौं “

Artharajniti  ~   धरहरामा पार्किङ सुरु गरेको विषयलाई लिएर काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच विवाद चुलिएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले माघ १४ देखि धरहरामा पार्किङ सुरु गराएकामा मन्त्रालयले निर्माण नै नसकिएको भनेर रोक लगाउन पत्र लेखेपछि दुई निकायबीच विवाद चुलिएको हो। मन्त्रालयको पत्रको जवाफमा बालेनले सार्वजनिकरुपमै २ वर्ष ९ महिना २० दिन अगाडि […]

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले ७० प्रतिशत बजेट दिने

Artharajniti   ~   धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर बीचैमा छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ। भरतपुर महानगरकी मेयर रेणु दाहालका अनुसार आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपेयाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले […]

” एमाले सरकार ढाल्ने खेलमा छैन “- अध्यक्ष ओली

Artharajniti  ~ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमबार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा […]

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

Atharajniti  ~   बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । गत बिहीबार २० अर्ब रुपैयाँ झिकेको राष्ट्र बैंकले आज (माघ २३ गते मंगलबार) निक्षेप संकलनमार्फत नै ४० अर्ब रुपैयाँ बजारबाट तान्न […]

सामाजिक सुरक्षा कोषमा मधेस प्रदेशका ४७ स्थानीय तह आबद्ध

Artharajniti  ~  मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षरसमेत गरेका हुन् । कोषका कार्यकारी निर्देशक अधिकारीले कोषले सञ्चालन गर्ने योजनाका बारेमा स्थानीय तहसहितका […]