रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता गरिँदै

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्धा दर्ता गरिँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागेको हो। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना सर्वसाधारण बचतकर्ताले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क […]

“त्रिविको जग्गा हिनामिना गर्नेमाथि कारवाही हुन्छ ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्ने बताएका छन् ।त्रिविको जग्गा तथा सम्पति खोजबिन आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले जग्गा हिनामिना गर्नेलाई कारवाही गर्ने बताएका हुन्।त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले मंगलबार प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन बुझाएको थियो।२०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुंगेअड्डा, पाटनलगायत काठमाडौं उपत्यकाका २१ […]

” सहकारी ठगी गर्ने कसैले उन्मुक्ति पाउँदैनन् ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले सहकारीको रकम ठगी गर्ने, अपचलन गर्ने र हिनामिना गर्ने कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्। नेपाल प्रेस युनियनले रूपन्देहीमा बुधबार बिहान गरेको पत्रकार भेटघाटमा मन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने सयौं मान्छे जेल गएको बताउँदै उनले अब पनि कसैले उन्मुक्ति नपाउने बताएका हुन्। उनले सहकारीको रकम अपचलनमा मुछिएका सयौं व्यक्तिहरुलाई […]

” अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ ” : अर्थमन्त्री पौडेल

Artharajniti   ~  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताउनुभएको हो । वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै […]

प्रहरीले बुझायो रवि विरुद्धको अनुसन्धान प्रतिवेदन

Artharajniti  ~  कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले बताए । रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो छ । प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । अहिले पक्राउ परेका […]

दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित मुद्दा दर्ता

Artharajniti  ~  विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात वर्ष कैद गर्न माग गरिएको छ । योभन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको हो । प्रसाईंले […]

स्वास्थ्य क्षेत्रको लगानी व्यवस्थित गर्न आवश्यक : मन्त्री पौडेल

Atharajniti  ~   स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न आवशक रहेको बताएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको उल्लेख गरे । उनले भने, ‘स्वास्थ्यमा भएको लगानी व्यवस्थित नभएकाले जुन परिणाम दिनुपर्ने हो त्यो परिणाम प्राप्त हुन […]

सातौँपटक म्याद थपका लागि रवि लामिछानेलाई अदालतमा पेस

Artharajniti  ~   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीका उपस्थित गराइएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सातौँपटक अदालत लगिएको हो। पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको प्रहरीले जनाएको […]

प्रचण्ड : “रविलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस र एमालेलाई चर्को पर्छ “

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस र एमालेलाई चर्को पर्ने बताएका छन् । चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । रविलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै उनले त्यसको मूल्य चर्को पर्ने बताए। अध्यक्ष प्रचण्डले भने,‘कांग्रेस […]

गृहमन्त्री : ” रविमाथिको अनुसन्धान प्रभावित हुने गरी बोल्नु बेठिक “

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित हुने गरी प्रमुख प्रतिपक्षी दलका नेताले अभिव्यक्ति दिनु बेठिक भएको बताएका छन्। सुर्खेतमा मंगलबार पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले कसैको मानव अधिकार हनन् हुने गरी अनुसन्धान नगरिएको पनि बताए। उनले सरकार […]