प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबिच आइतबार साँझ भेटवार्ता भएको हो ।  दुई नेताबिचको भेटवार्ता नियमित भएको बालुवाटार स्रोतले जनाएको छ । भेटवार्तामा पछिल्ला घटनाक्रम, सरकारका कामकारबाहीबारे कुराकानी भएको बुझिएको छ ।

वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया सुरु

Artharajniti  ~  नेपालमा आर्थिक अपराधका घटना वृद्धि भएसँगै सरकारले वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया अघि बढाएको छ । त्यसका लागि अवधारणापत्रसमेत तयार पारिएको छ । गृह मन्त्रालयकाअनुसार हाल नेपाल प्रहरीबाट तयार पारिएको वित्तीय अपराध नियन्त्रण ब्यूरोसम्बन्धी अवधारणापत्रमा छलफल भइरहेको छ । केही चरणमा छलफलसमेत भइसकेको र केन्द्रीय अनुसन्धान ब्यूरोको नियमावली परिवर्तन गरी वित्तीय अपराध […]

” माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ” : अध्यक्ष दाहाल

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ ।अध्यक्ष दाहालले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गर्नुभयो । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा […]

” सरकारमा रहेका मन्त्रीहरू नै संगठित अपराधमा संलग्न छन् ” : स्वर्णिम वाग्ले

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको आरोप लगाएका छन्। शनिवार पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै वाग्लेले  नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको भन्दै उनीहरुबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताएका हुन्। ‘संगठित अपराधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन्। नक्कली भूटानी शरणार्थी […]

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दाहालको इजलासमा

Artharajniti  ~  सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा परेको छ। जिल्ला अदालत कास्कीका अनुसार लामिछानेविरुद्धको मुद्दा एक नम्बर न्यायाधीशकै बेञ्चमा परेको हो। पोखराको सूयर्दशन सहकारी संस्थाको रकम अपचलनमा मुछिएका लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी रातारात पोखरा पुर्‍याइएको थियो । आज उनलाई अदालतमा पेस गरिँदै छ […]

रवि लामिछानेलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने

Artharajniti ~  प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विषयमा  छलफल भएको छ । बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष बैठकले निकालेको छ […]

एमालेलाई दिइएको जग्गा दानविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

Artharajniti  ~  नेकपा एमालेको पार्टी कार्यालय भवन निर्माणका लागि व्यापारी मीनबहादुर गुरुङले जग्गा दान दिनु भ्रष्टाचारजन्य अपराध भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । ‘सत्य र न्यायाको खोजी अभियानको तर्फबाट अधिवक्ता ज्ञान बहादुर बस्नेतलगायतले बिहीबार रिट निवेदन पेस गरेका हुन् । गुरुङ दम्पतीले काठमाडौँको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा एमाले पार्टी कार्यालयको लागि […]

प्रधानमन्त्रीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद् बैठक

Artharajnit   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने ती मन्त्रीको भनाइ छ । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् […]

” माओवादी केन्द्र एक्लै चुनाव लडेर जित्छ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए । अध्यक्ष प्रचण्डले भने, “म प्रधानमन्त्रीबाट हटे पनि […]

बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

Artharajniti  ~  बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार रु १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ । सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर […]