नौ महिनादेखि बन्द भएको  पशुपतिनाथ मन्दिर भोलि (बुधबार) बाट खुल्ने

अर्थ राजनीति ~ कोरोना भाइरस संक्रमणको  कारण नौ महिनादेखि बन्द भएको  पशुपतिनाथ मन्दिर भोलि (बुधबार) बाट खुल्ने भएको छ । आज  बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।  पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने जानकारी छ […]

नेपाल-भारत उडानका लागि नेवानिले लिन थाल्यो बुकिङ

अर्थ राजनीति ~  नेपाल-भारत उडानका लागि नेपाल वायुसेवा निगमले टिकट बुकिङ लिन सुरु गरेको छ। पुस २ गतेदेखि सुरु गर्न लागिएको उडानका लागि निगमले टिकट बुकिङ सुरु गरेको हो। यो उडानका लागि निगमले न्यूनतम भाडादर करिब १४ हजार रुपैयाँ कायम गरेको छ।

३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जना पक्राउ

अर्थ राजनीति ~ ३८ तोला सुनको गहना चोरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- २ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको  छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २४ […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण १४ जनाको मृत्यु  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । सप्तरीका ३ जना, बारा, काठमाडौं र कैलालीका २/२ जना, ललितपुर, कास्की, तनहुँ, बाँके र डोटीका १/१ जनाको  मृत्यु भएको प्रदेशका  सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

यार्सागुम्बाको अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

अर्थ राजनीति ~  काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारबाट यार्सागुम्बाको अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई  पक्राउ गरेको  छ । उनीहरुको साथबाट प्रहरीले अवैध रुपमा राखिएको करिब ४ सय ६८ ग्राम यार्सागुम्बा समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरीले बताएको छ । पक्राउ पर्नेमा काठमाडौं सुकेधारा बस्ने सुर्खेतको बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेरबहादुर […]

नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सकियो

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो ।

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता

अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतामा बैंककी बजार व्यवस्थापन तथा प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालकी अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन्  ।  सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ पार्टनरका रूपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ सेवामा […]

नेकपाको पार्टीको स्थायी कमिटी बैठक सुरु

अर्थ राजनीति ~  नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको छ ।

ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच सम्झौता

अर्थ राजनीति ~  ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरूपमा हस्ताक्षर गरेका छन । समझदारी अनुसार बैंकले आवश्यक […]

मनकामना केबलकार आइतबारदेखि संचालनमा

अर्थ राजनीति ~ लामो समय देखि बन्द भएको मनकामना केबलकार आइतबारदेखि संचालनमा आएको छ । कोभिड-१९ का कारण बन्द रहेको केबलकार आइतबार देखि संचालनमा आएको छ । केवलकार संचालनमा आएकै दिनमा यात्रुहरुको एकदमै ठुलो भिड लागेको थियो । मास्क लगाएर आउने यात्रुलाई मात्रै केबलकार चढ्न दिइएको छ । स्वास्थ्य मापदण्ड अपनाएर यात्रुलाई केबलकारमा प्रवेश गराएको […]