जसपाले आज ‘निर्णायक‘ छलफल गर्दै

अर्थ राजनीति  ~  नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा)मा आज ‘निर्णायक’ छलफल हुँदैछ । अध्यक्ष महन्थ ठाकुर पक्षले नयाँ गठबन्धनमा इच्छा देखाएको छैन । अर्का अध्यक्ष उपेन्द्र यादव पक्षचाहिँ केपी ओलीलाई सत्ताच्यूत गरी कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्नेमा दृढ देखिएको छ । हिजो यसबारे सामान्य छलपल भए पनि नेताहरूकाे आ–आफ्नै अडानका कारण कुनै सहमति […]

राष्ट्रपतिले दिएकाे समयसीमा सकिँदै सरकार गठन अझै अन्याैलमा

अर्थ राजनीति  ~  मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकाे तीन दिकाे समयसीमा बिहीबार साँझ ९ बजे सकिँदैछ तर नयाँ सरकार गठनकाे कसरतमा लागेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाकाे यादव-भट्टराई समूहले बहुमत पुर्याउन सकेका छैनन्। फलस्वरुप नयाँ सरकार गठन अन्याैलमा छ। २७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले विश्वासकाे मत लिँदा संसदमा अनुपस्थित एमाले माधवकुमार […]

आजबाट उपत्यकामा अत्यावश्यक बाहेक अन्य कार्यालय बन्द रहने

अर्थ राजनीति  ~  निषेधाज्ञा थपिँएसँगै आजबाट काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेक कार्यालय पनि खोल्न नपाइने भएको छ। उपत्यकाका तीनै जिल्लामा प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द गर्ने निर्णय गरिएको हो। जिल्ला प्रशासन […]

अन्ततः माधव समूहका २० नेताको राजीनामा तयार

अर्थ राजनीति  ~  सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु-याउने बाटो खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ […]

पूर्वराजा रानीको स्वास्थ्यमा सुधार

अर्थ राजनीति  ~  पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष (आइसीयू) बाट शय्यामा सारेर उपचार भइरहेको छ ।अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वरानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको जानकारी दिए । उनका अनुसार पूर्वराजा […]

आज अन्तर्राष्ट्रिय नर्स दिवस : राष्ट्रपतिद्वारा नर्सको प्रशंसा

अर्थ राजनीति   ~  राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरूद्धको लडाइँमा अग्र भागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् ।अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत शुभकामना दिँदै  नर्सको उच्च प्रशंसा गरेकी हुन् ।’विश्वव्यापी महामारी कोभिड– १९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, […]

देउवालाई बहुमत जुटाउन सकस

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएकै दिन सोमबार राति ९ बजेदेखि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको दाबी गर्न दलहरूलाई आह्वान गरेकी छिन् । विपक्षी गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका एकमात्र दाबेदार हुन्  तर, उनले बैशाख ३० गते राति ९ बजेभित्र प्रधानमन्त्रीका लागि बहुमत सांसदको हस्ताक्षर जुटाउनु पर्नेछ । प्रधानमन्त्रीका बन्नका लागि बहुमत जुटाउन […]

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको अपिल : हामीलाई सहयोगको खाँचो छ

अर्थ राजनीति  ~  प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायलाई  अपिल गर्दै सहयोगको माग गरेका छन् । मुलुक कोरोना महामारीको नयाँ र घातक लहरको सामना गरिरहेको छ । बढ्दै गरेको कोराना संक्रमणको कारण हाम्रा साहसी डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, स्वयं सेवक र समग्र स्वास्थ्य सेवामाथि नै अहिले गम्भीर चुनौती थपिएको छ । नेपालको इतिहास कठिनाइ र संघर्षपूर्ण रहँदै […]

अक्सिजन आपूर्ति सहज बनाउन उपप्रधानमन्त्री पोखरेल द्वारा छलफल सुरु

अर्थ राजनीति  ~  उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरूमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले आज उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल गरेका हुन् । अक्सिजन उद्योगहरूलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी […]

डा. बाबुराम : सबै दलको सहभागीतामा सरकार बनाऔँ, एक वर्षभित्र चुनाव गरौँ

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘देशको संकट हल गर्न’का लागि चार बुँदे प्रस्ताव अघि सारेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वास गुमाएको तथा अर्को सरकार गठन गर्न आवश्यक संसदीय गणित नपुगेको अवस्थामा भट्टराईले चार बुँदे प्रस्ताव अघि सारेका हुन् । उनले सबै दलको सहभागितामा वर्तमान […]