कसैलाई आरोपित गर्न श्वेतपत्रको कुरा गरेको होइन : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतङ्क सिर्जना भएको  बताएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु सहित अर्थविद्हरुसँग आज आयोजित छलफलमा मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको स्पष्ट गरे । मन्त्री शर्माले पूँजीगत […]

उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न प्रतिनिधिसभाको माग

अर्थ राजनीति   ~  प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न माग उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले लामो समयदेखि उपसभामुख पद रिक्त रहेको भन्दै यथाशीघ्र उपसभामुखको निर्वाचन गरियोस् भन्ने माग गरे । उनले संसद बैठक निरन्तर गर्न पनि माग गरे । एउटा बैठक बसेको ५/६ दिनमा मात्र अर्को बैठक बस्ने गरेको भन्दै […]

डा. केसी : ” स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् “

अर्थ राजनीति  ~  डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गर्नुपर्ने बताएका छन् । त्यसो नभए उनलाई उनलाई तत्काल पदमुक्त गर्नुपर्ने केसीको माग छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र लेख्दै केसीले यस्तो चेतावनी दिएका हुन् । डा. केसीले नयाँ […]

अध्यक्ष जगत बराम – रवीन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिक

अर्थ राजनीति  ~  आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको टिप्पणी गरेको छ । महासंघका अध्यक्ष जगत बरामले प्रेस वक्तव्य जारी गर्दै संघीयता खारेज र धर्मनिरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्ताव संवैधानिक हुननसक्ने बताएका हुन् । ‘यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी […]

प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिँदै

अर्थ राजनीति  ~  सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् । […]

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको स्वकीय सचिव देउवाले बताए । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस […]

निगमको निजीकरण प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

अर्थ राजनीति ~  वायुसेवा निगमको निजीकरणको कामलाई यथावस्थामा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेश सम्बन्धमा निर्णय हुन अघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य […]

सत्तारुढ गठबन्धनमा विवाद : थाहै नदिई मन्त्री बनाइयो !

अर्थ राजनीति  ~ सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सात सदस्यीय कार्यदल गठन गरेको थियो । तर, त्यही कार्यदलसँग सामान्य छलफल नै नगरी प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गरेपछि कार्यदलमा असन्तुष्टि बढेको छ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित सात सदस्यीय कार्यदललाई थाहै नदिई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा […]

जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगले आज ‘हेड काउन्ट’ गर्दै

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले सोमबार गर्दैछ । निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सोमबार सनाखत अर्थात हेड काउण्ट गर्दैछ । सर्वोच्च अदालतले सनाखत रोक्ने आदेश दिन अस्वीकार गरेसँगै सोमबार विवादको छिनोफानो हुने भएको हो । सोमबार केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको सनाखतमार्फत आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले बोलाएको […]

राष्ट्र बैंकका कर्मचारीलाई १५ थरि भत्ता

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले कर्मचारीलाई नियमविपरीत १५ किसिमको भत्ता उपलब्ध गराएको पाइएको छ । सरकारले मितव्ययितासम्बन्धी निर्देशिका जारी गर्दै तीन किसिमका भत्ताबाहेकका सबै भत्ता खारेज गरे पनि राष्ट्र बैंकले भने ठूलो रकम भत्तामा खर्च गरेको पाइएको हो । बैंकका कर्मचारीलाई आर्थिक वर्ष २०७६-७७ मा वार्षिकोत्सव भत्ता, क्लोजिङ्ग भत्ता, इन्टरनेट भत्ताका नाममा रकम उपलब्ध […]