” काठमाडौंबासीलाई मेलम्चीको पानी तत्कालै उपलब्ध ” : खानेपानी मन्त्री चौधरी

अर्थ राजनीति  ~  खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई मेलम्चीको पानी अस्थायी रूपमा भए पनि तत्कालै उपलब्ध गराउने बताउनुभएको छ । खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आइपुग्नुभएका मन्त्री चौधरीले मंगलबार नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेलम्चीको पानी काठमाडौं ल्याउने विषयमा विज्ञहरूको टोलीले निरीक्षण गरेको र आफूले समेत स्थलगत निरीक्षणपछि […]

अर्थमन्त्री शर्मा : ” अरुणबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ “

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन् । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए । नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको […]

” आउँदो चुनावमा एमालेलाई कुचो लगाएर बढारिन्छ “: नेता गगन थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका युवा नेता गगन थापाले आउँदो चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढारिने चेतावनी दिनुभएको छ । भक्तपुरको गुण्डुमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता थापाले एमालेसँग एक्लै चुनाव लडेरै कांग्रेसले बहुमत ल्याउने दावी गर्दै आउँदो चुनावमा एमाले तेस्रो स्थानमा सीमित हुने घोषणा गर्नुभयो । एक्लै चुनाव लड्न आउन एमाले अध्यक्ष केपी ओलीले […]

काठमाडौं महानगरमा बजार अनुगमन : ११ फर्मलाई कारबाही

अर्थ राजनीति  ~  चाड पर्व लक्षित बजार अनुगमनबाट १९ दिनमा ११ फर्मलाई जरिवाना गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । ६१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएकोमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई मात्रै जरिवाना गरिएको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले जानकारी दिइन् ।जरिवानाबाट ४ लाख ६० हजार […]

सर्वोच्च अदालत परिसरमा आज पनि वकिलहरूको प्रदर्शन

अर्थ राजनीति  ~  प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने […]

माडीको अयोध्यापुरी पुगेर ओलीले सुनाए राम जन्मभूमिको तथ्य

अर्थ राजनीति  ~  आफ्नै निर्देशनमा निर्माण गरिएको राममन्दिरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार स्थलगत अवलोकन गर्नुका पूजाअर्चना गरे । ओलीले माडी नगरपालिका–९ अयोध्यापुरी नै रामजन्म भूमि भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि कतिले उनको समर्थन गरे भने कतिले उनको आलोचना गरे । सरकार टिकाउनकै लागि ओलीले भारतविरोधी अभिव्यक्ति दिएको कतिपयको भनाइ थियो । […]

नेता बस्नेत : ” अवैध मन्त्रीको झण्डा हल्लाउँदै ठूलो कुरा नगरे हुन्छ “

अर्थ राजनीति  ~ नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान परमादेशबाट बनेको पाँच दलीय गठबन्धनका मन्त्रीहरु अबैध भएको दावी गर्नुभयो । नेकपा एमाले मध्यपुर नगरपालिका वडा नं. १ कमिटीद्वारा आज २०७८ सालको शुभ दिपावली, नेपाल संवत् ११४२ न्हुदँ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले माओवादी […]

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

अर्थ राजनीति  ~ प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुँदै

अर्थ राजनीति  ~  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ । सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए। मङ्गलबार राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्बोधन सम्पन्न […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै तेस्रो दिन पनि विरोध कायमै

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम गरेका छन् । प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, […]