एमसीसी सम्झौताको विरोधमा आज चितवन बन्द

अर्थ राजनीति  ~  मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा आज चितवन बन्द गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले चितवन वन्दको आह्वान गरेको हो । बन्दका कारण विहानैदेखि कम सवारी संचालन भएका छन् । एमसीसी देश र राष्ट्रियताकै खिलाफ रहेको भन्दै यसको खारेजीको माग गर्दै बन्दको आह्वान गरिएको विप्लव माओवादीका केन्द्रीय सदस्य […]

प्रकाशमानको समर्थन देउवालाई, दोस्रो चरणको मतदान आजै

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको मतदान हुने भएको छ  भने  प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने हुनु भएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार देउवा, कोइराला ,सिंह, निधि र गुरुङले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा सभापतिका लागि निर्वाचन […]

सदन चल्न नदिने गरी रणनीति बनाउँदै एमाले

अर्थ राजनीति  ~  नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठकमा मंगलबारबाट सुरु हुन लागेको संसदको १०औँ अधिवेशनका बैठक पार्टीका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । पदीय मर्यादाविपरीत एमाले […]

” पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व हुन्छ ” : बालकृष्ण खाँण

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए दुईवटा शक्तिकेन्द्र बन्ने र त्यो द्वन्द्वले पार्टी र सरकार दुवैलाई असर पार्ने बताएका छन् । सोमबार कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गरेपछि सञ्चार कर्मीलाई प्रतिक्रिया दिँदै उनले अहिले पार्टीभित्रको शक्ति सन्तुलन, अन्य राजनीतिक दलको विश्वास पाउन पनि शेरबहादुर देउवा नै […]

” पुँजी बजारमा लगानी बढ्नु साम्राज्यवादको विकास ” : प्रचण्ड

अर्थ राजनीति   ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका छन् । अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु सामाज्यवादको विकसित रुप भएको बताए । उनले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय […]

एमाले कार्यविभाजन : ओली र पोखरेललाई पार्टी, पृथ्वीसुब्बालाई प्रचार विभाग

अर्थ राजनीति  ~ भर्खरै १०औ राष्ट्रिय महाधिवेसन सकेको नेकपा (एमाले) ले पदाधिकारीको कार्यविभाजन गरेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन हेरफेर गरेको हो। केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन गरेको गरेको बैठकले नेताहरूको कार्य विभाजनसमेत गरेको हो। बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको जिम्मेवारी तोकिएको छ । त्यस्तै वरिष्ठ […]

बालुवाटारमा बंकरसहितको प्रधानमन्त्री निवास बन्दै

अर्थ राजनीति  ~ बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उनको सचिवालयले जनाएको छ । पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएको भन्दै त्यसलाई भत्काएर तीन-तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको […]

शहर सफा बनाउने अभियानमा जुट्दै शहरी विकास मन्त्री झाँक्री

अर्थ राजनीति  ~   काठमाडौं शहरको एउटा विशेषता नै बनिसकेको छ, जताततै अव्यवस्थित फोहोरको डङ्गुर देखिनु । तर, शहरी विकास मन्त्रालयको जिम्मेवारीमा युवा नेतृ रामकुमारी झाँक्रीको प्रवेश भएपछि भने शहरका फोहोर विस्तारै व्यवस्थित हुन थालेका छन् । जसका लागि मन्त्री झाँक्री आफै पार्कहरूमा पुगेर निरीक्षण गर्ने र विभिन्न विभागहरूलाई तत्काल कामको सुचारू गर्ने निर्देशनसमेत दिन थाल्नुभएको […]

सुरु भयो कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो मतदान गर्नु भएको छ । बिहान ८ बजेका लागि समय तोकिएको भएपनि मतदान भने ढीला सुरु भएकाे हाे । मतदानका लागि तीन वटा केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा […]

” शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाँडौँ ” : मन्त्री भुसाल

अर्थ राजनीति  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छन् । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सहकारीका सम्पूर्ण शेयर सदस्यले विद्युतीय चुल्होको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । “सहकारीले वितरण […]