” सरकार निकम्मा भयो, विकासका काम रोकियो” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको आरोप लगाएका छन् । विकासका लागि काम गर्ने सरकारलाई ढालेर गठबन्धनका नाममा जनताले नचुनेको सरकार गठन गरिएको उनले दावी गरे । नेकपा एमाले जिल्ला कमिटी पर्साले जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो निर्वाचनमा जानुपर्ने बताए […]

” अहिले पार्टीलाई प्रचण्डकै आवश्यकता छ ” : जनार्दन शर्मा

अर्थ राजनीति  ~ राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा जान लागेको नेकपा माओवादी केन्द्रमा सबभन्दा धेरै चासोका साथ हेरिएको पद हो महासचिव । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मतजस्तै देखिँदा महासचिवमा भने थुप्रै नेताको दाबी छ । दावेदारमध्ये एक हुन् जनार्दन शर्मा प्रभाकर । आफू अहिले संगठन विभाग प्रमुख भएकाले पनि संगठनकै कार्यकारी काम गर्न पाए हुन्थ्यो भन्ने […]

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

अर्थ राजनीति  ~  भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो । जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ । त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान […]

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण शनिबार

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना […]

माओवादीको राष्ट्रिय सम्मेलन : तीन कार्ययोजनामा केन्द्रित

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने भएको छ। पर्सी आइतबार सुरु हुने राष्ट्रिय सम्मेलनमा राजनीतिक प्रतिवेदनमाथिको छलफल र अनुमोदन, अन्तरिम विधान–२०७८ अनुमोदन र केन्द्रिय नेतृत्व चयनमा सम्मेलन केन्द्रित हुने भएको हो । माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार राष्ट्रिय सम्मेलनले अबको कार्यदिशाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको […]

एन्टिबडी बढाउन बुस्टर डोज दिने सरकारको तयारी

अर्थ राजनीति  ~  सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पुष अन्तिमबाट बुस्टर खोप दिने तयारी गरिएको बताए ।  ‘विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा बुस्टर डोजमा जान चाहन्छौँ,’ उनले भने, ‘सरकार यसमा सजग र तयारी हालतमा छ ।’ पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, […]

संसद् छिटो सूचारु गराउन पहल गर्न राजेन्द्र लिङदेनको ध्यानाकर्षण

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद् छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न सरकार र सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराए छ । अध्यक्ष लिङदेनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भिर नभएको भन्दै आपत्ति समेत जनाए । बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया […]

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते बस्ने

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन् । आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु हुने बताइएको छ । अब […]

एमालेद्वारा बागमती प्रदेशसभा अवरोध

अर्थ राजनीति  ~  नेकपा एमालेले  बागमती प्रदेश सभाको बैठक आज पनि अवरोध गरेको छ । वर्तमान राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले मन्त्रालय फुटाएर ८ बाट १४ पुर्याएको तथा विगत सरकारका योजनाहरु कटौती गरेको भन्दै संसद बैठक अवरोध गरेका हुन् । उनीहरुले यस विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । बिहीबारको […]

” एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व ” : गृहमन्त्री खाँण

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताए । उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए । […]