भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । गएराति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै उहाँले परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन […]

काठमाडौंमा आमसभा गर्दै राप्रपा

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आमसभा गर्ने भएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कात्तिक २५ गते बसन्तपुरमा आमसभा गर्ने तयारी छ। आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। आमसभामा काठमाडौं उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि बोल्नेछन्। राप्रपाले देशभर एक सय ४२ प्रतिनिधि सभा क्षेत्र र […]

प्रचार-प्रसारको भीडले कोरोनाको नयाँ भेरियन्ट फैलिनसक्छ : स्वास्थ्य मन्त्रालय

अर्थ राजनीति  ~  स्वास्थ्य मन्त्रालयले निर्वाचन प्रचार प्रसारमा कोभिड प्रोटोकल पालनाका लागि आग्रह गरेको छ। भीडभाडमा जनस्वास्थ्यका मापदण्ड पालना नभए नयाँ भेरियन्ट फैलिन सक्ने भन्दै मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। यसबाट बच्नका निम्ति जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर निर्वाचन प्रचार-प्रसार गर्न मन्त्रालयले आग्रह गरेको छ।‘ठूलो संख्यामा मानिसहरू जम्मा हुनु भनेको […]

” निर्वाचन निष्पक्ष र धाँधलीरहित हुन्छ ” : डा. महत

अर्थ राजनीति ~  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मंसिर ४ गतेको निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताउनु भएको छ । बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनाव हुँदैन भन्नेहरुले समेत मंसिर ४ गते भोट हाल्न पाउने बताउनुभयो ।कांग्रेस अन्य दलका नेता जस्तो धेरै नबोली थोरै बोल्ने र प्रचार नचाहने पार्टी भएको बताउनु हुँदै महतले पार्टी […]

“गठबन्धन विचारहीन र दिशाहीन छ ” : केपी ओली

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन् । सोमबार पोखरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन, विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ,’ उनले भने– ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तँछाडमछाड छ ।’ गठबन्धन सरकार […]

“गठबन्धनको दुई तिहाइ बहुमत आउँछ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनको पक्षमा दुई तिहाइ बहुमत आउने दाबी गरेका छन् । गृहजिल्ला डडेल्धुराको चुनावी अभियानका क्रममा पत्रकारसंग  विशेष कुराकानी गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले दुई तिहाइ ल्याउनेमा द्विविधा नभएको बताए । ” नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा सहितको […]

देशलाई अस्थिरतामा लैजान खोजिँदैछ, सचेत रहनुपर्छ : प्रकाशमान सिंह

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार प्रकाशमान सिंहले केहीले देशलाई अस्थिरतातर्फ लैजान खोजेकोले मतदाता सचेत रहनुपर्ने बताएका छन्। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता विषय ठिक छैन भन्दै देशलाई पुन: अस्थिरतातर्फ धकेल्न खोजिएकोले सचेत रहनुपर्ने उनले बताए। उनले संविधान कार्यान्वयनका लागि आफूहरूलाई मत दिन पनि आग्रह गरेका थिए। ‘के […]

चर्को ब्याज : व्यवसायीका माग राष्ट्र बैंकले कहिले सम्बोधन गर्ने ?

अर्थ राजनीति  ~  राजनीतिक दलहरू आगामी मंसिर ४ मा हुने आमनिर्वाचनका लागि सभा–सम्मेलन गर्न व्यस्त भएका बेला उद्योगी–व्यवसायी भने व्यवसाय जोगाउन भन्दै सडकमा ओर्लिएका छन् । तरलता अभावको बहानामा बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको र राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी पछिल्लो निर्देशिकाका कारण व्यवसाय धान्न सकिने अवस्था नरहेको व्यवसायीको भनाइ छ । अर्थमन्त्रालय, […]

प्रतिनिधि-प्रदेशसभा निर्वाचन : सियोदेखि मतपेटिकासम्म विदेशबाटै

अर्थ राजनीति  ~  ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय […]

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

अर्थ राजनीति  ~  झन्डै दुई वर्षपछि नेपाल आयल निगम नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको […]