प्रतिनिधिसभा बैठक बस्दै : संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरिने

अर्थ राजनीति  ~  आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आजको सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने […]

महामन्त्री विश्वप्रकाश : ” बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ “

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताएका छन् । महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’ […]

गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

अर्थ राजनीति  ~  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएकाे छ । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनकाे लागि प्रदेश प्रमुख गुरुङले आह्वान गर्नुभएकाे हाे । प्रदेश प्रमुख गुरुङ द्वारा  नयाँ सरकार गठनका लागि आजदेखि ३ दिन अर्थात् वैशाख १४ […]

चितवन–२ को मतगणना सकियो, रेकर्ड ब्रेकसहित रवि लामिछाने विजयी

अर्थ राजनीति  ~  चितवन २ को मतगणना सम्पन्न भएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मङ्गलवार मध्याह्न सम्पन्न भएको हो । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् । चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए । […]

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

अर्थ राजनीति  ~  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले […]

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

अर्थ राजनीति  ~  प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत […]

रास्वपाको शक्ति बढ्दा कांग्रेसमा भय

अर्थ राजनीति ~   तनहुँ–१ को उपनिर्वाचनको मतपरिणाम विश्लेषण गर्दा कांग्रेसले प्रत्यक्षतर्फको मत पनि जोगाउन सकेन । ६ महिनाको अवधिमा आफ्नो पकड भनेकै क्षेत्र कांग्रेसले उल्लेख्य मत गुमायो ।कांग्रेसभित्र आफ्नो विकल्पको रूपमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी बनिदेला कि भन्ने डर उब्जिएको छ । वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा रास्वपाको उदय भए पार्टीको शक्ति खस्किन सक्ने नेताहरूको […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै शिलान्यास गरिने

अर्थ राजनीति  ~  बहुचचित बारा निजगढको विमान स्थल छिट्टै शिलान्यास गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री दाहालले बाराको गढीमाईमा  चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थल बनेपछि गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने समेत घोषणा गरे । प्रधानमन्त्री दाहालले चुनावी […]

अर्थमन्त्रीले तीन जना डक्टरलाई सल्लाहाकार नियुक्त गरे

अर्थ राजनीति  ~ अर्थमन्त्री डा. प्रकाश शरण महतले तीन जना आर्थिक सल्लाहाकार नियुक्त गरेका छन् । अर्थमन्त्री डा महतले तीनै जना पिएचडी गरेको अर्थविदलाई आफ्नो सल्लाहाकार टीममा राखेका छन् । मन्त्री महतले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता तथा गत निर्वाचनमा चितवनबाट चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका डा.विश्वनाथ पौडेललाई […]

इलेक्ट्रिक कारको आयात ६६ प्रतिशतले बढ्यो

अर्थ राजनीति  ~  नेपालमा इलेक्ट्रिक कारको आयातमा वृद्धि भएको छ। भन्सार विभागको आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा इलेक्ट्रिकको आयात ६६.३९ प्रतिशत बढेको देखिन्छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ हजार ४५१ यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका छन्। गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा १ हजार ४७३ यूनिट इलेक्ट्रिक कार आयात […]