प्रतिनिधिसभा बैठक बस्दै, आजै बजेट पारित गर्ने तयारी

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बैठक बस्न लागेको हो । बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको […]

असारमा खराब कर्जा थप बढ्ने प्रक्षेपण: चैतको ३.२३% बाट अझ १% बढ़ने

अर्थ राजनीति  ~  राष्ट्र बैंकले सुविधाको नाममा दिएको पुनर्तालिकीकरण र पुनर्संरचना व्यवहारिक नहुँदा चौथो त्रैमास (असार मसान्त) मा खराब कर्जा थप वृद्धि हुने देखिएको छ। अप्ठेरोमा परेकाहरुलाई उपयोगी नहुने, चैतसम्म ब्याज भुक्तानी गरिसकेकाले मात्र यो सुविधा पाउने हुँदा प्रभावकारी नदेखिएको हो। चैतसम्म नियमित कर्जा हुनेहरुले सुविधा लिन चाहेमा १० प्रतिशत भुक्तानी गर्नु पर्ने, बैंकले पनि […]

” सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ ” : एमाले

अर्थ राजनीति  ~   नेकपा एमालेले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएको छ । सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा इकाइका रुपमा राख्ने उल्लेख गरिएको छ । यसलाई लिएर मंगलबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरुद्ध गरेका छन् । त्यसक्रममा एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यो सरकार […]

बैंक तथा वित्तिय संस्थाहरुले गरे सरकारसँग सुरक्षाको प्रत्याभूतिको माग

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संघ संस्था सम्वद्ध चार वटा संगठनले सुरक्षाको प्रत्याभूति माग सरकारसँग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शाखा संचालन तथा कर्मचारी र ग्राहकको सुरक्षाको माग गरेका हुन् । पूर्वी नेपालका इटहरी, सुनसरी झापालगायतका […]

कांग्रेसमा आन्तरिक विवाद थप पेचिलो बन्दै

अर्थ राजनीति  ~  सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्। पार्टीको विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत निर्णय लिँदै आएको कांग्रेसले मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लागि समेत […]

शिव शिखर सहकारीबाट १४ अर्ब ठगीका नाइके मुम्बईमा समातिए

अर्थ राजनीति  ~  सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् । त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको हो । शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको […]

प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ ।  जसअनुसार आजको  बैठकमा भूमि व्यवस्था, सहकारी […]

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ । महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हलुका पेयपदार्थ […]

” नेपाली सेनाको संख्या कटौति गर्न आवश्यक छैन ” : उपप्रधानमन्त्री खड्का

अर्थ राजनीति ~  उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताउनु भएको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढन सान्दर्भिक हुने बताउनु भएको हो । उपप्रधानमन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिवद्ध संगठन […]

“युवा जनशक्ति दुर्व्यसनमा फस्नु समाज र राष्ट्रका लागि हानिकारक” : गृहमन्त्री श्रेष्ठ

अर्थ राजनीति  ~  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा पर्दै आएको बताएका छन् । मन्त्री श्रेष्ठले गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागुऔषधका रूपमा प्रयोग गर्ने गरिएको पाइएको बताएका हुन् । सोमबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन […]