मेयर बालेनलाई पिएचडी गर्न काठमाडौं विश्वविद्यालयको ‘फेलोसिप’

Machchapuchchre

अर्थ राजनीति ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाउनुभएको छ । मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं विश्वविद्यालयले पिएचडीका लागि फेलोसिप प्रदान गरेको जानकारी सार्वजनिक गर्नुभएको हो । मेयर शाहले आफूले ‘पर्यटन र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न नेवा सम्पदाको संरक्षण’ शीर्षकमा शोध गर्न लागेको समेत स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘मेरो पीएचडीको लागि फेलोशिप प्रदान गरेकोमा काठमाडौं विश्वविद्यालयलाई धन्यवाद । साथीहरू अब ३ वर्षमा डा। बालेन । पीएचडीको लागि मेरो विषय ‘पर्यटन र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण’ रहेको छ ।’

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्