आठ सय कृषि फार्मलाई अनुदान

अर्थ राजनीति ~ व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक किसानलाई […]

अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट

अर्थ राजनीति ~ अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गर्नुभएको छ । भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो । होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुनुहुन्छ । उहाँले अमेरिकामा […]

पर्यटनमन्त्री किरातीलाई पितृशोक

अर्थ राजनीति ~ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उहाँका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ । मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहनुभएको थियो । उहाँले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मन्त्री […]

एकीकृत समाजवादीको बैठक सुरु

अर्थ राजनीति ~  नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुहुने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । मङ्गलबारको बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन […]

नारायणगढ–मुग्लिन सडकको पहिरो ४० प्रतिशत पन्छाइयो

अर्थ राजनीति  ~  नारायणगढ–मुग्लिन सडकको नाम्सी पुल नजिकै झरेको पहिरो रातभरको प्रयासमा करिब ४० प्रतिशत पन्छाइएको छ। यहाँ सोमबार राति ८ बजे ठूलो पहिरो झरेको थियो। रातिबाटै एउटा लोडर र एउटा स्काभेटरले पहिरो पन्छाउन थालेका थिए। सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर सागर कार्कीले विहानदेखि ३ वटा लोडर र २ वटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने […]

” संसद सुचारु गर्ने सहमतिको नजिक छौं ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी निरन्तर छलफलमा छौं । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं,’ उनले भने । संसद् सुचारु होस् र […]

‘राष्ट्रपति राजनीतिक रुपमा सक्रिय भए, बैठकमा गएनाैं’ : एमाले

अर्थ राजनीति  ~  समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले बैठकमा नगएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले संसदको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले नै पहल गरिरहेका बेला त्यही विषयमा राष्ट्रपतिले सक्रियता देखाउनु गलत भएको […]

विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त, कार्यकाल साढे १३ महिना

अर्थ राजनीति   ~   राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन्। संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्को सिफारिस अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। श्रेष्ठ २०८१ असोज १९ सम्म प्रधानन्यायाधीशको रुपमा बहाल रहनेछन्। उनी साउन २० देखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यरत छन्। समितिले सोमबार नै श्रेष्ठलाई बोलाएर सुनुवाइ गरी संवैधानिक […]

प्रधानमन्त्री प्रचण्डद्धारा “कर्नालीको मर्म” विमोचन

अर्थ राजनीति ~ नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले डा. दीपेन्द्र रोकायाद्धारा लिखित “कर्नालीको मर्म” नामक पुस्तक विमोचन गर्नु भएको छ। उहाँले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उक्त पुस्तक विमोचन गर्नु भएको हो। प्रधानमन्त्री प्रचण्डले डा. रोकायाको पुस्तकले कर्णालीको इतिहास¸ अहिलेको वास्तविकता र भविश्यको […]

कोशी प्रदेशसभा स् बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

अर्थ राजनीति ~ कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिनुभएको छ । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिनुभएको हो । उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गर्नुभएको छ । कोशी प्रदेशसभामा […]