” एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ ” : डा. शेखर कोइराला

Artharajniti  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता संयोजन (गठबन्धन) तत्काल तोड्नुपर्ने बताएका छन्। नवलपुरको डन्डामा नेपाल थारु सङ्घ नवलपुरको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उनले वर्तमान संयोजनले मुलुकलाई ‘एमालेकरण’ तर्फ धकेल्दै लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई गम्भीर क्षति पुर्‍याइरहेको आरोप लगाए। डा.कोइरालाले संविधान संशोधनजस्तो गम्भीर विषयमा […]

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

Artharajniti  ~   माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ। बैंकले कुवेतमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ अल मुजैनीसँग सहकार्य गरी विधिवत रुपमा रेमिटेन्स सेवा सुरु गरेको जनाएको छ। बिहीबार कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका […]

“विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्छ “: अध्यक्ष ढकाल

Artharajniti   ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नु भएको हो । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक […]

राष्ट्र बैंकका गभर्नर नियुक्ति विवाद

Artharajniti  ~  गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको पुरक निवेदनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । गएको चैत १८ गते अर्थ मन्त्रालयले अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी […]

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

Artharajniti  ~   सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्दै कीर्तिमानी उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ । यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो । यसअघि, गत […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्बभन्दा बढी भ्रष्टाचार

Artharajniti   ~  संसदीय छानविन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका व्यापक भ्रष्टाचार भएको निष्कर्षसहित आफ्नो प्रतिवेदन तयार पारेको छ ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिले निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ […]

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए पदबाट राजीनामा

Artharajniti  ~  नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। आज (शुक्रबार) नै राजीनामा बुझाएको भट्टले जानकारी गराएका छन्। अहिले गभर्नर पद रिक्त रहेको छ। गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले राजीनामा बुझाएको बुझिएको छ। त्यसोत यसअघि राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि राजीनामा बुझाएका थिए। सरकारले तीन साताअघि नै […]

बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी (तरलता) तान्ने भएको हो । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने जनाएको छ । राष्ट्र बैंकले २१ दिनका लागि […]

नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्ने गृहकार्य सुरु

Artharajniti   ~  सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्ने गरी गृहकार्य अघि बढाएको छ। सम्भवतः आज बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना छ। मन्त्रिपरिषदको बैठक आज अपरान्ह बस्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनले आजको बैठक नियमित भएको बताए। गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल […]

पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए अधिकारी

Artharajniti   ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा बिदा भएका हुन् । कार्यकक्षबाट बिदा भएसँगै अधिकारी राष्ट्र बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरेका छन् । उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि […]