बैंकहरुको व्यवसायः १४ वटाले कर्जा बढाउँदा आधा दर्जनको खुम्चियो

Artharajniti  ~ चालु आर्थिक वर्ष चौथो महिनामा वाणिज्य बैंकहरुको व्यवसाय २ अर्ब ५ करोड रुपैयाँले खुम्चिएको छ। सञ्चालनमा रहेका २० मध्ये १४ बैंकले व्यवसाय बढाउँदा ६ बैंकको खुम्चिएको हो। असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ४६ खर्ब ८१ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेकामा कात्तिक मसान्तमा आइपुग्दा व्यवसाय ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँमा झरेको […]

” बीआरआईबाट नेपालले लाभ लिन्छ ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईबाट नेपालले लाभ लिने बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त […]

सुन–चाँदीको मूल्य घट्यो, आज कति ?

Artharajniti  ~  नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख […]

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

Artharajniti ~  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले गत साउनमा सार्वजनिक मौद्रिक नीतिका कार्यदिशालाई नै निरन्तरता दिएको जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशतमै यथावत राखिएको […]

७.५ प्रतिशत ब्याजमा पाइँदैछ कर्जा, तर पनि बढेन लगानी

Artharajniti   ~  अहिले बजारमा कतिपयले ७.५ प्रतिशत ब्याजदरमै कर्जा पाउन थालिसकेका छन्। समग्र बैंक तथा वित्तीय संस्थाले दिइरहेको कर्जाको औसत ब्याजदर भने ९.१ प्रतिशत हाराहारी छ। तर, पनि बैंकहरूबाट जाने कर्जामा वृद्धि हुन सकेको छैन। कात्तिक महिनामा त बैंकहरूले जारी गर्ने कर्जा लगानी नै घट्यो। वाणिज्य बैंकहरूले असोज एक महिनामा मात्रै एक खर्ब ३३ अर्बले […]

महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्र

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् । उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई […]

धितोपत्र बोर्डले नेतृत्व पाएसँगै ३३ अंकले बढ्यो नेप्से

Artharajniti  ~  नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । आज २११ कम्पनीको मूल्य बढ्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो । २११ […]

उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय

Artharajniti  ~ नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको छ । आज बिहान ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो । विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको सञ्चालक सदस्य […]

सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम […]

“गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रूपमा हुन्छ “: मन्त्री पाण्डे

Artharajniti  ~  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता समेत जनाए। नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध […]