कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो ‘टेकओभर’,

Asrthasrasjniti  ~  कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित भएको छ । बुधबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । यसअघि बैंकलाई समस्याउन्मुख घोषणा गर्दै निक्षेप परिचालन र कर्जा प्रवाहमा रोक लगाएको थियो । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै बैंकको विद्यमान सञ्चालक समिति खारेज भएको छ । त्यस्तै, उच्च व्यवस्थापनका […]

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ६० अर्ब खिच्ने

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ६० अर्ब खिच्ने भएको छ। बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको हो। राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले पुस २ यता मात्र ९९ अर्ब […]

नबिल बैंकिङले शुरु गर्यो निःशुल्क टोल-फ्री सुविधा

Artharajniti  ~  नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ। ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो।अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ।यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन […]

बैंकहरूबाट एक खर्ब तान्दै राष्ट्र बैंक

Artharajniti  ~  कर्जा लगानी बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै छ। बैंकहरूमा करिब सात खर्ब हाराहारी कर्जा लगानी योग्य रकम र तरलता छ। यही कारण राष्ट्र बैंकले बैंकहरूबाट सातामै अर्बौ रकम तान्ने र छोड्ने गरिरहेको छ। बुधबार मात्रै राष्ट्र बैंकले बैंकहरूबाट एक खर्ब रूपैयाँ रकम तान्न लागेको हो। राष्ट्र बैंकले २१ दिनको […]

” सहकारी ठगी गर्ने कसैले उन्मुक्ति पाउँदैनन् ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले सहकारीको रकम ठगी गर्ने, अपचलन गर्ने र हिनामिना गर्ने कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्। नेपाल प्रेस युनियनले रूपन्देहीमा बुधबार बिहान गरेको पत्रकार भेटघाटमा मन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने सयौं मान्छे जेल गएको बताउँदै उनले अब पनि कसैले उन्मुक्ति नपाउने बताएका हुन्। उनले सहकारीको रकम अपचलनमा मुछिएका सयौं व्यक्तिहरुलाई […]

आज घट्यो सुनको मूल्य, कति छ तोलाको ?

Artharajniti  ~  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजो अघिल्लो दिनको तुलनामा दुई […]

” अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ ” : अर्थमन्त्री पौडेल

Artharajniti   ~  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताउनुभएको हो । वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै […]

पुसका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकको कति ब्याज ?

Artharajniti ~  पुस महिनाका लागि ११ वटा बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार २० वाणिज्य बैंकमध्ये सो बराबर बैंकले ब्याजदर समायोजन गरेका छन् । यसमध्ये ९ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी दुई बैंकले भने निक्षेपको प्रकारका आधारमा ब्याजदर घटबढ गरेका छन् । साधारण बचत खातातर्फ तीनवटा बैंकले […]

बैंकमा लगानीयोग्य रकम थुप्रियो, किन छैन माग ?

Artharajniti  ~  सरकारका पछिल्लो आर्थिक विवरणहरू हेर्दा बाह्य क्षेत्रका रूपमा रहेका विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत, रेमिट्यान्स आप्रवाह लगायतको अवस्था सकारात्मक छ । विदेशी मुद्राको सञ्चिति करिब २२ खर्ब पुगेको छ ।शोधानान्तर स्थिति झन्डै २ खर्बले बचतमा छ । रेमिट्यान्स आप्रवाह १५ प्रतिशतले उकालो लागेको छ । तर अधिकांश आन्तरिक सूचक भने सकारात्मक छैनन् । […]

सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो

Artharajniti  ~  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ । सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको […]