नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

Artharajniti  ~   माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज  आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने माग गरेका हुन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमेत उपस्थित रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल […]

सुनको भाउ इतिहासकै उच्च, तोलाको ३ लाख ९ हजार

Artharajniti  ~  नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय […]

सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे

Artharajniti  ~   स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु ६ हजार १९० कायम […]

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारण सभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारण सभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यस अघि निर्देशन दिइसकेको छ । कामपा सहकारी विभाग प्रमुख महेशकुमार काफ्लेका अनुसार लामो समयदेखि […]

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

Artharajniti  ~  नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]

माघमा १२ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

Artharajniti  ~  माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका २० मध्ये १२ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटेको हो। सात बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर रहेको हो। प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ। प्राइमले ४.२५ प्रतिशतबाट बढाएर ब्याजदर ४.४ प्रतिशत दिने भएको हो। […]

नेपालमा शंकास्पद कारोबार बढ्यो, एक वर्षमा ९ हजार भन्दा बढी शंकास्पद

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको औँल्याएको छ । बैंकको वित्तीय जानकारी इकाइले एक वर्षको अवधिमा ९ हजार ५६५ वटा शंकास्पद कारोबार भएको प्रतिवेदन विज्ञप्तमार्फत जनाएको छ । जुन आँकडा अधिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी भएको बैंकको भनाइ छ । यसैगरी  आर्थिक वर्ष २०८१ / ८२ मा गोएमएल प्रणालीमार्फत वित्तीय सूचना […]

२५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज एकवर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘छ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागिएको हो । यसको बोलकबोल आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । यसको सावाँ आगामी […]

बढ्न थाल्यो यी २ वाणिज्य बैंकको सेयर कारोबार

Artharajniti  ~  निकै समयपछि मंगलबार सिद्धार्थ बैंक र सानिमा बैंकको सेयर कारोबार बढ्यो। यी दुवै बैंकको दैनिक सेयर कारोबार करिब दुई महिनायताकै उच्च भयो। २०८२ कात्तिक १५ मा सिद्धार्थ बैंकको एकै दिन चार लाख ४३ हजार कित्ता सेयर किनबेच भयो। त्यसयता पहिलो पटक मंगलबार चार लाखभन्दा बढी कित्ता सेयर किनबेच भयो। त्यस्तै, सानिमा बैंकको पनि […]

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : १७५ कर्मचारी सम्मानित

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको हो । काठमाडौँमा आयोजित विशेष समारोहबिच […]