” ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बनाउन सकिने ” : अध्यक्ष ढकाल

Artharajniti  ~  ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बनाउन सकिने बताएका छन्। बैंकले १८औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। कर्मचारीहरुले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फाइदा लिन […]

तोलामा एक हजार रूपैयाँ घट्यो सुनको मूल्य

Artharajniti  ~  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार छ सय रूपैयाँमा कारोबार भएको […]

आज फेरि बजारबाट ७० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गरेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । हरेक दिनजसो राष्ट्र बैंकले बजारबाट पैसा झिक्दै आएको छ । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर […]

तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको हो । कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी […]

कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो ‘टेकओभर’,

Asrthasrasjniti  ~  कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित भएको छ । बुधबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । यसअघि बैंकलाई समस्याउन्मुख घोषणा गर्दै निक्षेप परिचालन र कर्जा प्रवाहमा रोक लगाएको थियो । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै बैंकको विद्यमान सञ्चालक समिति खारेज भएको छ । त्यस्तै, उच्च व्यवस्थापनका […]

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ६० अर्ब खिच्ने

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ६० अर्ब खिच्ने भएको छ। बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको हो। राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले पुस २ यता मात्र ९९ अर्ब […]

नबिल बैंकिङले शुरु गर्यो निःशुल्क टोल-फ्री सुविधा

Artharajniti  ~  नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ। ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो।अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ।यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन […]

बैंकहरूबाट एक खर्ब तान्दै राष्ट्र बैंक

Artharajniti  ~  कर्जा लगानी बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै छ। बैंकहरूमा करिब सात खर्ब हाराहारी कर्जा लगानी योग्य रकम र तरलता छ। यही कारण राष्ट्र बैंकले बैंकहरूबाट सातामै अर्बौ रकम तान्ने र छोड्ने गरिरहेको छ। बुधबार मात्रै राष्ट्र बैंकले बैंकहरूबाट एक खर्ब रूपैयाँ रकम तान्न लागेको हो। राष्ट्र बैंकले २१ दिनको […]

” सहकारी ठगी गर्ने कसैले उन्मुक्ति पाउँदैनन् ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले सहकारीको रकम ठगी गर्ने, अपचलन गर्ने र हिनामिना गर्ने कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्। नेपाल प्रेस युनियनले रूपन्देहीमा बुधबार बिहान गरेको पत्रकार भेटघाटमा मन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने सयौं मान्छे जेल गएको बताउँदै उनले अब पनि कसैले उन्मुक्ति नपाउने बताएका हुन्। उनले सहकारीको रकम अपचलनमा मुछिएका सयौं व्यक्तिहरुलाई […]

आज घट्यो सुनको मूल्य, कति छ तोलाको ?

Artharajniti  ~  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजो अघिल्लो दिनको तुलनामा दुई […]