वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै राष्ट्र बैँक

Artharajniti ~  नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने भएको छ । आगामी चैत ४ देखि १० गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू ) मनाउने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राखेको छ । उक्त अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने […]

बैंकहरूबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti   ~  बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ तरलता खिच्ने भएको छ। बैंकहरूले कर्जा लगानी गरेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्छन्। मंगलबारसम्म बैंकहरूले राष्ट्र बैंकमा राखेको दुई खर्ब ३३ अर्ब रूपैयाँ प्रणालीमा फर्कन बाँकी छ। राष्ट्र बैंकमा बैंकहरूले यसअघि राखेको माघ १० गते राखेको ६० अर्ब परिपक्व भएर आजै बैंकिङ प्रणालीमा फर्किदैछ। बैंकहरूले […]

सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

Artharajniti   ~  नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँ पुगेको हो।  यस दिन चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन […]

नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक

Artharajniti  ~  नबिल बैंकले फोन लोन अन्तर्गत ऋण लिएर नतिर्ने  ७४ व्यक्तिको नाम सार्वजनिक गरेको छ । बैंकसँग गरिएको कारोबारको इतिहासको आधारमा बैंकले विश्वास गरेर दुई लाख रुपैयाँसम्म बिना धितो ऋण दिएका ग्राहकले ऋण नतिरेपछि बैंकले नाम सार्वजनिक गरेको हो । खासगरी बैंकले विभिन्न संस्थामा काम गरी नियमित रुपमा बैंक पेरोलमार्फत् तलब भुक्तानी हुँदै आएका […]

०८१/८२ को दोस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंक

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ। समीक्षा सार्वजनिक अघि साँझ पाँच बजे राष्ट्र बैंकको बोर्ड बैठक बस्नेछ। उक्त बैठकले अनुमोदन गरेपछि साँझ नै समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए। गभर्नर महाप्रसाद अधिकारीले बाह्य अर्थतन्त्र सन्तुलन र मूल्य स्थिरताका लागि […]

” बैंकिङ क्षेत्र धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको छ ” : पूर्वकार्यकारी निर्देशक थापा

Artharajniti  ~  राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकारअन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकारअन्तर्गतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएकाले काम […]

लगातार चौथो दिन पनि बढ्यो सुनको भाउ

Artharajniti   ~  नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि बढ्न थालेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो। बुधबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा […]

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज फेरि ४० अर्ब तरलता खिच्दै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले  आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले बजारमा अधिक तरलता भएको र त्यसलाई व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको जनाएको छ । बैंकका अनुसार आज उक्त २२ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले छ । राष्ट्र बैंकले गत […]

” जलविद्युत् कम्पनीको आईपीओ निष्कासन रोक्नु दुखद ” : कार्यकारी निर्देशक घिसिङ

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् आयोजनाको आईपीओ रोकिनु दुखद भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै घिसिङले  सर्वसाधरणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् । हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका […]

२०८१/ ८२ को सात महिना : वाणिज्य बैंकहरूको कर्जा वृद्धि ५.६२ प्रतिशत

चालु आर्थिक वर्ष २०८१/ ८२ को सात महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूले ५.६२ प्रतिशतले कर्जा वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा कर्जा वृद्धि गरेका हुन् । २० वाणिज्य बैंकहरूको सात महिनाको निक्षेप ४.२१ प्रतिशत वृद्धि हुँदा कर्जा लगानी ५.६२ प्रतिशतले बढेको छ । […]