सुनको भाउ रेकर्ड नजिक, तोलामा २१ सय बढ्यो

Artharajniti  ~  सुनको मूल्य रेकर्ड नजिक पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै  बुधबार प्रतितोला २१ सय रुपैयाँ मूल्य बढेसँगै  सुनको मूल्य १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ […]

“आर्थिक समृद्धिका लागि लगानी आवश्यक” : चन्द्रप्रसाद ढकाल

Artharajniti  ~  नेपालको आर्थिक विकासलाई गति दिन ठूलो परिमाणमा स्वदेशी र विदेशी लगानी आवश्यक छ । हाल नेपालले दिगो विकास लक्ष्य हासिल गर्न वार्षिक खर्बौं लगानी गर्नुपर्ने देखिन्छ, तर हामी न्यून लगानी गरिरहेका छौं । अर्थात् हामीसँग पर्याप्त लगानी गर्न सक्ने क्षमता छैन । मुलुकमा १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य छ, […]

आजदेखि मौद्रिक नीति कार्यान्वयनमा

Artharajniti  ~  चालु आर्थिक वर्ष २०८२/८३ का लागि गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीति आजदेखि कार्यान्वयनमा आएको छ । यो मौद्रिक नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले सबै बैंकलाई सर्कुलर पठाएको छ । राष्ट्र बैंकले हालको व्यवस्थामा संशोधन गर्दै नयाँ नीतिअनुसार बैंक दर घटाएको छ । राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाहरूलाई उपलब्ध गराइने कर्जाको ब्याजदर अर्थात […]

बैंकहरूले साउनको लागि घटाए ब्याजदर

Artharajniti  ~  जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्‍यो । त्यस्तै स्थायी तरलता सुविधा दर […]

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ‘नेपालपे कार्ड’ मा आबद्ध

Artharajniti  ~  नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘नेपालपे कार्ड’ मा आबद्ध भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेसनल कार्ड स्विच (एनपीएस–एनसीएस) तथा नेपालपे कार्डमा आबद्ध भएको हो । सम्झौतापत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । एनपीएस–एनसीएस पूर्वाधार तयारी पूरा भएसँगै […]

राष्ट्र बैंकमा थुप्रियाे बैंकहरूको सात खर्ब

Artharajniti  ~  राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार सम्म बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम ६ खर्ब ९२ अर्ब रूपैयाँ पुगेको छ। चालु आर्थिक वर्षमा यसरी राखिएको रकम पहिलो पटक सात खर्ब नजिक पुगेको हो।  एक वर्षभन्दा लामो समयदेखि बैंकहरूमा पैसा थुप्रिएको छ। पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तान्ने गर्छ। राष्ट्र […]

६ खर्ब नाघ्यो बैंकहरूको राष्ट्र बैंकमा रहेको निक्षेप

Artharajniti  ~  राष्ट्र बैंकको तथ्यांक अनुसार (हिजो) बुधबारसम्म बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम ६ खर्ब रूपैयाँ नाघेको छ। चालु आर्थिक वर्षमा यसरी राखिएको रकम पहिलो पटक ६ खर्ब नाघेको हो। एक वर्षभन्दा लामो समयदेखि बैंकहरूमा पैसा थुप्रिएको छ। पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तान्ने गर्छ। राष्ट्र […]

ग्लोबल आईएमईले पायो २०२५ का लागि उत्कृष्ट बैंकको उपाधि

Artharajniti  ~  ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक घोषणा गरेको छ । प्रतिष्ठित यो पुरस्कार एसिया प्यासिफिकका शीर्ष बैंकलाई प्रदान गरिँदै आएको छ । ३२ औं संस्करणमा पनि नेपालको तर्फबाट ग्लोबल आईएमई बैंकले उत्कृष्ट मान्यता पाएको हो । ‘लगातार दुई वर्ष यो मान्यता प्राप्त गर्नुले हाम्रो बलियो […]

रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, एकै महिना १७६ अर्ब भित्रियो

Artharajniti  ~   रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । जेठको एकै महिना १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर एकै महिना अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको रेकर्ड कायम भएको हो । यसअघि बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । योसँगै चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ […]

“५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ ” : गभर्नर पौडेल

Artharajniti  ~ गभर्नर विश्वनाथ पौडेलले यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले यतिबेला बैंकमा निक्षेप पनि उच्च रहेको, विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकास हुनेगरी लगानी अवसर आएको उल्लेख गरे । राष्ट्र बैंकसँग […]